ओली सरकारविरुद्ध आन्दोलनको आँधीवेहरी ल्याउनुपर्छ – नेता धनराज गुरुङ
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:४१:६
९ पुष, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान सरकारविरुद्ध आन्दोलनको आँधी ल्याउनुपर्ने बताएका छन् । जनताको पसिना र बलिदानबाट ल्याएको संघीयता र गणतन्त्रमा पनि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनको आँधी ल्याउनुपर्ने नेता गुरुङको भनाई छ ।
साथै उनले सरकारविरुद्ध कांग्रेसले तत्कालै आन्दोलन थाल्नुपर्ने पनि बताएका छन् । ‘विधिको शासन नै लोकतन्त्र हो’ पूर्व सांसद समेत रहेका नेता गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी लोकतन्त्रवादीहरुले असंवैधानिक कदमको बिरुद्ध सशक्त आन्दोलनको आँधीवेहरी उठाउनुपर्छ ।’
यस्तो बेला पनि आन्दोलन नगरेर मौन बस्नु लोकतन्त्र बिरुद्धको षडयन्त्रको साक्षी बस्नु जस्तै भएको उनको टिप्पणी छ । उनले अगाडी लेखेका छन्, ‘यस्तो बेला पनि लोकतन्त्र बिरुद्धको षडयन्त्रको साक्षी बस्न हतार हुन्छ भने हामी सक्कली लोकतन्त्रवादी हुन सक्दैनौं।’
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता गुरुङले सभापति शेरबहादुर देउवाले आन्दोलनका लागि तत्परता नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार