प्रधानसेनापतिद्वारा तालीमबाट दीक्षित युवालाई राष्ट्रसेवामा जुट्न आग्रह

नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:५२:३४

९ पुष, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् ।
एनसिसी अल्मुनाई एशोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘युवासँग प्रधानसेनापति’ कार्यक्रममा उनले कोभिड–१९ प्रतिकार्यमा विविध समस्या, चुनौती, अभाव र शंसयबीच गरेको कार्यको प्रशंसा गरे ।
प्रधानसेनापति थापाले भने, “समाजका विकृति, बेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मूल गरी सुसंस्कृत र सभ्य समाज निर्माणको पनि सेवा दलबाट दीक्षित जनशक्तिले जिम्मेवारी बहन हुनुपर्छ ।”
मुलुकका ७७ वटै जिल्लाका विद्यालयबाट राष्ट्रिय सेवा दलमा आबद्ध भई दीक्षित हुन चाहना राख्नेको सङ्ख्या पछिल्लो समय उत्साहप्रदरुपमा बढिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेवा दलबाट प्रशिक्षण लिनेको सङ्ख्या ५० हजार नाघिसकेको छ भने हरेक वर्ष सात हजार भन्दाबढी युवाले उक्त तालीम प्राप्त गर्दै आएका छन् । राष्ट्र निर्माण, राष्ट्रियता र राष्ट्रिय एकता सम्वद्र्धनमा जोड दिँदै अनुशासित युवा जनशक्ति तयार गर्ने सेवा दलको उक्त कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय सेवा दलमा हाल कार्यकारी महानिर्देशक पूर्वउपरथी रघु भण्डारी छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१ आइतबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार