बचत रकम फिर्ता माग्दा सहकारी संस्थाको अवस्था दयनीय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार २:२५:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/sahakari_ABOb8N3nBu.jpg)
९ पुष, फुङ्लिङ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका समयमा पर्यटन व्यवसाय सङ्कटमा परेकाले ताप्लेजुङका पर्यटन व्यवसायी आफ्नो बचत फिर्ता लिन थालेका छन् ।
कोरोना महामारीका कारण कञ्चनजङ्घा क्षेत्रमा पर्यटक नआएपछि दैनिकी चलाउनै समस्या भएसँगै संरक्षण बचत तथा ऋण सहकारीसंस्थाबाट उनीहरुले आफ्नो बचत फिर्ता लिन थालेका हुन् ।
हिमाली बस्तीका समुदायमा वित्तीय पहुँच पु¥याउन समृद्ध पहाड परियोजनाको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको संरक्षण बचत तथा ऋण सहकारी संस्थामा प्रत्येक पर्यटन व्यवसायीले बचत गर्दै आएको संस्थाका वित्तीय सहजकर्ता अभिषेक केदमले बताए ।
कञ्चनजङ्घा क्षेत्रमा यो वर्ष पर्यटक नआएसँगै पर्यटक व्यवसायीको दैनिकी निर्वाह गर्न समस्या आएसँगै बचत फिर्ता लिन बाध्य भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी टासीतेन्जी शेर्पाले बताए । उनले भने, “अघिल्लो वर्ष होटल राम्रो चलेको थियो । त्यसैको आम्दानीबाट बूढाबूढीले रु तीन लाख सहकारीमा बचत गरेका थियौँ । तर यसपालि पर्यटक आएनन् । होटलमा एक रुपैयाँ आम्दानी छैन, बाँच्नै समस्या भएपछि पुस ५ गते बचत फिर्ता लिएँ ।”
हिमपात हुन सिजन शुरु भएसँगै बर्खे जोहो गर्न सहकारीमा जम्मा गरेको बचत फिर्ता लिन बाध्य भएको होटल व्यवसायी केल्साङ शेर्पा बताए । कञ्चनजङ्घा आधार शिविर घुन्सा, खाम्बाचेन, लोनक, फले र ग्यापलाका होटल व्यवसायीले गत ५ पुससम्म रु ११ लाख सो सहकारीमा बचत गरेका थिए । पर्यटक नआएपछि दैनिकी चलाउन ठूलो बचत फिर्ता दिनुपर्ने भएपछि सहकारी आर्थिकरूपले कमजोर भएको केदेमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरणः जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गए पूर्वडीआईजी जोशी
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार