विद्यालय र स्वास्थ्य चौकीमा हातधुने स्टेशन हस्तान्तरण
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार ४:२६:१७
धीरुभाइ
९ पुष, सप्तरी । सप्तरी सामुदायिक विकास केन्द्र नेपालले राजविराज नगरको एक विद्यालय र एक स्वास्थ्य चौकीमा बिहीबार हातधुने स्टेशन हस्तान्तर गरेको छ । राजविराज नगरपालिका वार्ड नम्बर ७ खैरसाल स्थित आधारभूत विद्यालय र डुमरी स्थित स्वास्थ्य चौकीमा नवनिर्मित हातधुने स्टेशन हस्तान्तनरण गरेको हाे ।
आधारभूत विद्यालयका बालबालिका विद्यालय प्रवेश गरेर कक्षाकोठामा पाठ्यपुस्तक राखी हातधुन जानेको गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रिका कुमारी यादवले जानकारी दिए । सधै यसरी नै हातधुन लगाएपछि बालबालिकामा सरसफाइ र स्वच्छताप्रति ज्ञान हासिलसँगै व्यवहारमा पनि परिवर्तन आएको उनले भने, बालबालिकामा स्कूलपछि घरमा पनि सरसफाइमा ध्यान दिन थालेको मैले महशुस गरेको छु ।
युनिसेफ र युकेआडीको सहयोगमा सबैको लागि सरसफाइ र खानेपानी कार्यक्रम अन्तर्गत संस्थागत खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजना मार्फत सप्तरी सामुदायिक विकास केन्द्र नेपालले बालमैत्री, अपाङ्गमैत्री हातधुने स्टेश जडान गरिदिएपछि विद्यालयका बालबालिकामा हातधुने व्यववहारिक ज्ञान र व्यक्तिगत सरसफाइमा मद्दत पुगेको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताए ।
विद्यालयमा सुरक्षित खानेपानी सरसफाइ तथा स्वच्छता प्रबद्र्धन गर्ने उद्देश्यले दुई वटा शौचालयको मर्मत सम्भार, दुई वटा युरिनलको मर्मत सम्भार, एउटा हातधुने स्टेशसन(स्थान) निर्माण, एउटा सेफ्टी ट्याकं निर्माण, एउटा कक्षाकोठा मर्मत सम्भार, एक वटा खानेपानीको लागि ट्युवेवलको व्यवस्थापन गरिएको उनले जानकारी दिए । उक्त भौतिक संरचना निर्माणमा चार लाख ३१ हजार ५४ रुपियाँ खर्च भएको बताइएको छ ।
सुरक्षित, भरपर्दो, एवं दीगो रुपमा शौचालय, हातधुने स्टेशन र खानेपानीको ठोस संरचना तयार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्रकुमार यादवले विद्यालयमा बजेट अभावले विद्युत मिटर जडान गर्न नसक्दा मोटर पम्पले पानी तानेर सेफ्टी ट्यांक भर्न समस्या झेल्नु परेको बताए । भूकम्पमा भत्किएको विद्यालयको पर्खाल बनाउन राजविराज नगरपालिका र वडा कार्यालयलाई दर्जनौ पटक भन्दा पनि सुनुवाइ नगरिदिएको कारण विद्यालयको भौतिक सुरक्षामा चुनौति थपेको अध्यक्ष यादवले बताए ।
हातधुने स्टेशन, खानेपानी, शौचालयसहित नवनिर्मित भौतिक संरचनाको निरीक्षण तथा हस्तान्तरणमा बिहीबार विद्यालय पुग्नु भएका सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले उदाहरणीय र उत्कृष्ट कार्य रहेको भन्दै नियमित प्रयोग, व्यवस्थापन र सरसफाइ व्यवस्थापन आवश्यक रहेको बताए । सोही क्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले भौतिक संरचनाले मात्र नहुने भन्दै नियमित सञ्चालन तथा निरन्तरताको लागि बजेटको आवश्यक रहेको बताए ।
बजेटको लागि स्थानीय सरकारसँग समन्वय गर्न सुझाव दिए । विद्यालयपछि घरमा पनि व्यक्तिगत सरसफाइको बानी बसाल्न विद्यालयमा अध्ययनरत ७७ छात्रा र २० छात्र गरी ९७ जना बालबालिकालाई साबुन दुई थान, टुथब्रस, टुथ पेष्ट, काइयो, गम्छा एक÷एक थान वितरण गरेको छ ।हस्तान्तरण कार्यक्रममा राजविराज नगर उपप्रमुख साधना झा, प्रमुख प्रशासकीय अधिकृत मदन थापा, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह लगायतले नियमित प्रयोगमा ल्याएर पूर्ण सदुपयोग गर्नु पर्नेमा जोड दिए । यस्तै, स्वास्थ्य चौकी डुमरीमा दुई लाख ८७ हजार ९४५ रुपियाँको लागतमा हातधुने स्टेशन निर्माण गरिएको संस्थाका अध्यक्ष चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार