मन्त्रिपरिषद पुनर्गठनको तयारी
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार १७:५७:१२
९ पुष, काठमाडौं । “कसलाई के धन्धा घरज्वाईलाई भने खानकै धन्धा” भनेजस्तो प्रधानमन्त्री केपी ओली चरम राजनीतिक संकटमा फस्दासमेत पहिलो प्राथमिकता मन्त्रिपरिषद विस्तारमा लागेका छन् ।
आफूले रोजेको व्यक्तिलाई मन्त्री बनाउन नपाएको झाेंकमा संसद नै विघटन गर्न पुगेका ओलीलाई अब भने हाईसञ्चो भएको छ । किनभने संसद विघटनको विपक्षमा रहेका सातजना असन्तुष्ट मन्त्रीले राजीनामा दिएपछि ओलीका लागि आफूखुशी पुनर्गठन गर्न सहज भएको हाे ।
ओलीको गैरसंवैधानिक कदमविरुद्ध सारा राष्ट्र एकतावद्ध भएको अहिलेको विषम परिस्थितिमा राजनीतिक रुपमा शक्ति सञ्चय गर्न उनले मन्त्रिपरिषद पुनर्गठनलाई पहिलो कदमका रुपमा लिएका छन् ।
स्रोत भन्छ– आजै साँझसम्म पुनर्गठन भइसक्ने छ । नयाँ मन्त्री थपिने मात्र होइन, केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर हुन सक्ने सम्भावना रहेको छ ।
अहिले हुने पुनर्गठनमा पूर्व माओवादी नेता टोपबहादुर रायमाझीले रोजेको मन्त्रालय पाउने भएका छन् । स्रोतका अनुसार उनी जलश्रोत तथा उर्जा मन्त्री बन्दैछन् । साथै, ओली निकट मानिने आधा दर्जन मन्त्री अबको पुनर्गठनमा थपिने भएका छन् ।
जसमा महेश बस्नेत, नवराज सिलवाल, विशाल भट्टराई, छविलाल विश्वकर्मा, प्रेम आले, खगराज अधिकारी, किसान श्रेष्ठ , गणेश ठगुन्ना , नारदमुनि राना, पदम गिरी लगायतको सम्भावना रहेकोछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार