प्रभु लाइफको साधारण शेयर बाँडफाँड, १० कित्ताका दरले ५ लाख ४० हजारले पाए शेयर
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार १८:५१:५७
१० पुष, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर आज बाँडफाँड भएको छ । शेयर आवेदन गर्नेहरु मध्य प्रत्येकले १० कित्ताका दरले ५ लाख ४० हजार जनाले पाएका छन्।
कम्पनीको आईपीओमा १० लाख ५१ हजार २१६ जनाले आवेदन गरेकोमा ५ लाख ४० हजारलाई मात्र शेयर परेको हो । आवेदन गर्ने मध्य २ हजार १६९ जनाको आवेदन रद्ध भएको छ । सदर आवेदन १० लाख ४९ हजार ४७ लाई गोलाप्रथाबाट उक्त शेयर वितरण गरिएको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलले आज बिहान ११ बजे शेयर बाँडफाँड गरेको थियो ।
कम्पनीको शेयरमा आवेदन गरेका ५ लाख ९ हजार ४७ जनाले भने आईपीओ पाउन सकेनन् । कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म कूल ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो ।
सो मध्ये सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ३/३ लाख कित्ता छ्ट्टाएर ५४ लाख कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीको आईपीओमा कुल १० लाख ५१ हजार ५१६ वटा आवेदनबाट सर्वसाधारणबाट माग गरिएको ५४ लाख कित्ताको ५.१६ गुणा बढी अर्थात २ करोड ७८ लाख ६८ हजार ८८० कित्ता शेयरको माग परेको थियो । आईपीओ बाँडफाँड भएसँगै प्रभु लाइफको चुक्ता पूँजी दुई अर्ब पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार