ओली सरकारको अतिवादविरुद्ध कडा संघर्ष गर्ने नागरिक अगुवाको चेतावनी
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २१:५५:५७
१० पुष, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कडा संघर्ष गर्ने चेतावनी नागरिक समाजका अगुवाले दिएका छन् । बिहीबार काठमाडौंमा बसेको नागरिक समाजका अगुवाको बैठकले ओली सरकारविरुद्ध कडा आन्दोलन थाल्ने चेतावनी दिएको हो ।
गएको आइतबार संसद विघटन गरेको प्रधानमन्त्री ओलीको अहिले चौतर्फी आलोचना भइरहेको छ । नागरिक समाजका अगुवाले पनि ओली सरकार असक्षम सावित भएर अतिवाद लागु गर्न खोजिरहेको भन्दै कडा शब्दमा आलोचना गरेको हो ।
‘नेपाललाई विभिन्न राजनीतिक वादहरुको प्रयोगशाला बनाई हरेक दृष्टिकोणले अस्थिर र असफल राष्ट्र उन्मुख बनाईदै आएको सर्वविदितै छ । मन्त्रिपरिषदले वर्तमान संसद सघटन सम्बन्धी प्रस्ताव राष्ट्रपतिद्वारा स्वीकृत भएकोमा सो कार्य अदृश्य आडमा असंबैधानिक तरिकाले स्वीकृत गराएबाट समेत विद्यमान व्यवस्था र संविधान असफल भएको तथा सरकार र राजनीतिक नेतृत्व पंक्ति समेत आफै असक्षम सावित भएको ठहर गरियो’ १६ जना नागरिक अगुवाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । साथै उनीहरुले संसद विघटनविरुद्ध कडा आन्दोलन थाल्नुपर्ने भन्दै संसद पुनःस्थापनका लागि गरिने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।
‘नेपालको पहिचान, विकास र स्वाधिनताको लागि औचित्यपूर्ण ठहर गर्दै तत्काल सर्वपक्षीय राजनीतिक सहमति जुटाई हिमाल, पहाड र तराईमध्ये ४० उपयुक्त समय आईसकेको ठहर गरि देशलाई सनातन संस्कृति र संवैधानिक प्रबल राज संस्था र जनतन्त्र नै २१ औं शताब्दीको नेपालको पहिचान, विकास र स्वाधिनताको लागि औचित्यपूर्ण ठहर गर्दै तत्काल सम्पूर्ण राष्ट्रवादी, देशभक्त लगायत जनतन्त्र प्रेमीहरु मातृभूमि नेपालको राष्ट्रिय झन्डाको मुनि गोलबद्ध भई जस्तोसुकै एतिहासिक कदमका रुपमा संयुक्त नागरिक आन्दोलनको आगामी कार्यक्रमहरुमा सशक्त रुपमा संचालन गर्न गराउन समेत सबैलाई समेटेर यथाशिघ्र नेतृत्व पंक्तिहरुको चयन तथा जिम्मेवारी निश्चित गरिनेछ ।’ विज्ञप्तीमा थप अगाडी भनिएको छ ।
संसद विघटनविरुद्ध एक ठाउँमा उभिएका नागरिक अगुवा
१. डा. ठाकुरमोहन श्रेष्ठ : राष्ट्रिय संयोजक नेपाल नागरिक अभियान
२. डा. मनोज कुमार झा : राष्ट्रिय संयोजक राष्ट्र बचाउ अभियान
३. दिनेश कंडेल : राष्ट्रिय सह संयोजक शिव सेना नेपाल
४. पुर्व मन्त्रि सुसिल शेरचन : महामन्त्रि नेपाली कांग्रेस, बीपी
५. हेमाबिक्रम सिलवाल : संयोजक स्वतन्त्र नागरिक समाज
६. शेखरजंग रायमाझी : संयोजक पुनरुत्थानवादी शक्ति नेपाल
७. एस तुलाधर : क्षेत्रीय सभापति सनातन संस्कृति समाज नेपाल
८. श्रीमती उमा श्रेष्ठ हिमा : राष्ट्रिय अध्यक्ष राष्ट्रवादी एकता पार्टी
९. दिवाकर बिक्रम शाह : संस्थापक बहादुर शाह प्रतिष्ठान
१०. मुनिन्द्र राजभन्डारी : संस्थापक संरक्षक शाही शक्ति नेपाल
११. डा आत्माराम उप्रेती : ज्योतिषविद विश्व हिन्दु एकता परिषद
१२. मिनराज गुरुङ : राष्ट्रिय संयोजक राष्ट्रिय जनजागरण अभियान
१३. अनिल कुमार थापा : वीर गोर्खाली
१४. हरिहर शर्मा : संयोजक स्वतन्त्र राष्ट्रवादी एकता मंच
१५. श्रीकृष्ण श्रेष्ठ : संयोजक शाही युवा शक्ति, नेपाल
१६. सुरेन्द्रजंग रायमाझी : केन्द्रिय अभियन्ता नेशनल मुभमेन्ट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार