नियामक र बजार संचालकको कमिशन घटेन, ब्रोकर कमिशन कति घट्यो ?
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २३:५४:३
१० पुष, काठमाडौं । लगानीकर्ताको लामो समयको विरोध र मागपछि ब्रोकर कमिशन घटेको छ तर नियामक र बजार सञ्चालकको कमिशन भने घटाइएको छैन । नेपाल धितोपत्र बोर्डले पाउने कमिशन र बजार सञ्चालकले लिने शुल्कमा कुनै हेरफेर नगरी बोर्डले आज एकलौटी रुपमा दोस्रो बजारमा शेयर कारोबार गर्दा लाग्ने ब्रोकर कमिशन मात्रै कटौती गरेको हो ।
बोर्डले पुष १२ गते आइतबारदेखि लागु हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको हो । बोर्डले पछिल्लो समय धितोपत्र बजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा वापत लिदै आएको न्युनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिदै आएको शुल्कमा ३३ प्रतिशत कम हुने गरी घटाएको छ ।
लगानीकर्ताहरूले भने नियामकले लिने शुल्क समेत घटाउनु पर्ने माग गरेका थिए । सबै काम अनलाइनबाट लगानीकर्ता आफैँले गर्ने हुँदा नियामकले लिने शुल्क कटौती गर्नु पर्ने माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार