तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार ११:७:१९
वि.सं. २०७७ साल पौष ११ गते । शनिबार । इ.स.२०२० डिसेम्बर २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– द्वादशी,२८ बजेर १६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– भरुणी,११ बजे २२ मिनेट उप्रान्त कृतिका । योग–सिद्ध,१६ बजेर ४१ मिनेट उप्रान्त साध्य । करण–बव,१५ बजेर १३ मिनेट उप्रान्त बालव,२८ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मेष,१८ बजे उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा,सूर्यास्त १७ बजेर १४ मिनेटमा । दिनमान २५ घडी ५० पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिने छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा बित्तिय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- पढाईलेखाईमा अली बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिने छ । मायाप्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुने छ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागी दिन प्रभावकारी रहने छ । धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिने छ, भने केहि रकम बचत गर्न सकिने छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानसिक तनाब बढ्नेछ । रुपैंयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिष्यमा विवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेकोछ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- कर्म क्षेत्रमा राम्रो काम गरि नाम कमाउन सकिने छ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेकोछ, भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईको शालिन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिदै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेको छ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिने छ, भने धार्मिक यात्रा हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- आफन्त तथा दिदिबहिनीबाट सहयोग तथा समर्थन पाईनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाईदा हुनेछ । मायाप्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिने छ । प्रयत्न गर्दा पदिय जिम्मेवारी प्राप्त हुनेछ । व्यवसायिक यात्राको तय गर्न सकिनेछ, भने कर्मफल प्राप्त हुनाले मन प्रशन्न हुनेछ । नसोचेको धन तथा सम्पती हात लागी हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउने छ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईने छ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउने छ । सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडी बढ्न सहज हुनेछ । विवादित बिषयहरुबाट निचोड तपाईंकै पक्षमा आउने हुनाले खुशिले उचाई नाघ्ने छ । पढ्नेलेख्ने काममा अरुलाई पछाडी छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिने छ । तपाईसँग मनमुटावको भावना राख्ने तथा शत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिने छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- अध्ययनमा प्रशस्त समय दिन सकिनेछ, भने नतिजा आफैतिर ल्याउन सकिने छ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिने छ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिने छ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहने छ । घर जग्गा तथा सवारीसाधन जोड्न सकिने छ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथिले हर क्षेत्रमा सहयोग गर्ने तथा मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिने छ । अध्ययनमा अली बढी समय दिन सक्दा प्रगती गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने छ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाईदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउने छन्, भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्याक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ, भने सम्मानका साथ आम्दानी बढाउन सकिने छ । गाएन तथा संगितको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागी नयाँ नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ, भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार