९ जना नवनियुक्त मन्त्रीले लिए शपथ, खेलकुदमन्त्री विश्वकर्मा र राज्यमन्त्री दुगड बर्खास्त
नेपालबहस संवाददाता
पुस १०, २०७७ शनिबार २:१७:७
१० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । आठ जना मन्त्री थपिदा प्रधानमन्त्री ओलीले एक जना मन्त्री र राज्यमन्त्री बर्खास्त गरेका छन् ।
संसद विघटन गरेपछि राजीनामा दिएका ९ जना मन्त्रीको ठाउँमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी उर्जामन्त्री बनेका छन् । यस्तै मणि थापा खानेपानी मन्त्री बनेका छन् ।
प्रभु साह शहरी विकासमन्त्री बन्दा प्रेम आले वनमन्त्री बनेका छन् । यस्तै गणेश गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री बन्दा गौरी शंकर चौधरी श्रममन्त्री बनेका छन् । यस्तै दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् । जुली कुमारी महतो भने महिला तथा बालबालिकामन्त्री बन्दा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेका छन् ।
अहिले स्वस्थ्य मन्त्री रहेका भानुभक्त ढकाल पर्यटनमन्त्री बनेका छन् । यस्तै हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठ भने कानूनमन्त्री बनेका छन् । शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बन्दा पद्मा अर्याल कृषि मन्त्री बनेकी छिन् । तुम्बाहाम्फे यसअघि कानुनमन्त्री रहेकी थिइन् भने पद्मा भूमिसुधार मन्त्री थिइन् ।
यस्तै कृष्ण गोपाल श्रेष्ठ शिक्षा मन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई बर्खास्त गरेका छन् ।
थपिएका र जिम्मेवारी हेरफेर भएका मन्त्री
टोपबहादुर रायमाझी-ऊर्जा
मणि थापा- खानेपानी
प्रभु साह- सहरी विकास
प्रेम आले- वन
गणेश ठगुन्ना- सामान्य प्रशासन
गौरीशंकर चौधरी- श्रम
दावा लामा- युवा तथा खेलकुद
जुलीकुमारी महतो- महिला, बालबालिका
विमला विश्वकर्मा- उद्योग राज्यमन्त्री
भानुभक्त ढकाल- पर्यटन (जिम्मेवारी हेरफेर)
हृदयेश त्रिपाठी- स्वास्थ्य (जिम्मेवारी हेरफेर)
लीलानाथ श्रेष्ठ- कानुन (जिम्मेवारी हेरफेर)
शिवमाया तुम्बाहाङ्फे- भूमिसुधार (जिम्मेवारी हेरफेर)
पद्मा अर्याल- कृषि (जिम्मेवारी हेरफेर)
कृष्णगोपाल श्रेष्ठ- शिक्षा (जिम्मेवारी हेरफेर)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार