चुनाव चिह्न सूर्य र पार्टी कार्यालयमा आँखा नलगाउन बस्नेतकाे चेतावनी
नेपालबहस संवाददाता
पुस ११, २०७७ शनिबार १९:३९:५३
११ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद अब पार्टी नेतामा मात्र सिमित नरहने भएको छ । शनिबार ओली पक्षीय युवा संघले आयोजना गरेको कार्यक्रममा भाग लिन पोखरा पुगेका बस्नेतले प्रचण्ड–नेपाल समूहलाई पेरिसडाँडामा जान सल्लाह दिएका छन् । उनले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहने जिकिर गरेका छन् । चुनाव चिह्न सूर्य र पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले दावी नै गर्न नमिल्ने उनले बताएका छन् ।
अबको लडाई नेकपाको वैधानीकता कसले पाउने, पार्टीको झण्डा र देश भर रहेका पार्टी कार्यलय कसको हुने भन्ने विवाद उत्कर्ष तर्फ लागेको छ । दुवै पक्षले देशभर रहेका पार्टीका कार्यलय एवं सम्पर्क स्थानहरु आफ्नो भएको दवी गरिरहेका छन् । नेकपा ओली समूहका नेता महेश बस्नेतले धुम्बाराही र बल्खुमा आँखा नलगाउन प्रचण्ड–नेपाल पक्षलाई सार्वजनिक रुपमा नै भनिसकेका छन् ।
नेकपाका पूर्व दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको लडाईं अब भने आधिकारीता र पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीत हुँदै कार्यकर्ता तहमा नै पुगेको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेकपाको विवाद जिल्ला तहमा झनै चर्किन थालेको छ । केही दिन अगाडी नेकपाको कैलाली पार्टी कार्यालयमा दुई वटा ताला लगाइएको थियो ओली र प्रचण्ड–माधव नेपाल पक्षले आ-आफ्नै ताला पार्टी कार्यालयमा लगाएका हुन् ।
कैलालिमा ताला लगाउने काम ओली निकट मानिने रतन थापा समूहले त्यसको सुरुवात गरेको हो । पछि प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताले उक्त ताला माथि अर्को ताला लगाएका हुन् । त्यस लगतै प्रचण्ड–नेपाल पक्षले नेकपा सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा पनि ताला लगाइदिएका थिए । यो कामले देशभरी नै कार्यकर्ता तहमा नै पार्टी फुटको जरा पलाउन थालेको छ ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले पार्टीको चुनाव चिह्नका रुपमा रहेको सूर्य आफैंले पाउने दावी सहित गत बुधबार निर्वाचन आयोगमा पछिल्लो निर्णय बुझाउन गए । सो समयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै सूर्य चिह्न आफैंले पाउने उनीहरुले बताएका थिए । प्रचण्ड–माधव पक्षले आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको निर्णय बुझाएको छ ।
यस अगाडि गत मंगलबार आयोगमा ओली पक्षले पनि आधिकारिकता दाबी गर्दै कागजात बुझाइसकेको छ। नेकपा ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा दर्ता गराएको थियो । मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो। यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको थियो । सोही बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय समेत गरिसकेको छ।
नेकपा दुई टुक्रामा विभाजित हुँदा कतिपय नेताको कित्ता पनि फेरिएको छ। अझै केही नेताहरु पर्ख र हेरको रणनीति अनुरुप आफ्नो स्वार्थका लागी कुरिरहेका छन् । दुई चिरामा विभाजित नेकपाका दुवै समूहले संस्थापन र वैधानिक भएको दावी बालुवाटार र माइतिघरबाट गरिरहेका छन् । संस्थापनको मान्यता पाउने पक्षले चुनाव चिह्न सूर्य पनि पाउने भएकाले दुवै पक्षले आधिकारिताका लागि स्थानीयदेखि केन्द्रीय तहसम्म नै दौडधुप गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार