तपाईकाे साप्ताहिक राशीफल [ पौष १२ गते आईतबारदेखि पौष १८ गते शनिबारसम्म ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार १०:४३:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/saptahik-rasifal_0AMX62NH8z.jpg)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने नयाँ व्यवसाय सुरु गर्न सकिने छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ, भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिने छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवनसाथीसँग थप आत्मियता बढ्नेछ । मंगलबारबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो संस्कार भुल्दापछि गएर पछुतो हुने ग्रहयोग रहेको छ । तरपनि पैत्रिक घर जग्गामा गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयाँ पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यत्तित्वहरुसँग विवाद हुने योग रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मायाप्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । बिहीबार साभबाट समय मध्यम रहेकोले वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला, नकरात्मक नतिजा आउने छ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुश हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग मनमुटाव बढनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिएपनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- सोमबारसम्मको समय मध्यम रहेकोले अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तीत रहने छ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मानसम्मान तथा इज्जतप्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । मंगलबारबाट व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिने छ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मानसम्मान तथा इज्जतप्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बढ्ने छ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी बढाउन सकिने छ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाईलेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिने छ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ, भने साथीभाईहरुसँगै रहेर मिठो खाना खाने तथा रमाईलो गर्ने अवसर जुर्नेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपार्ईँदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ, काम गर्दा सजक भएर गर्नुहोला । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । व्यापार व्यवसायमा वैदेशिक क्षेत्रसँग सम्वन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- समय मध्यम रहेकोले व्यापार व्यवसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । सरकारी स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्यम रहेको छ । पढाईलेखाईमा ध्यान नजादा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । मायाप्रेममा अविश्वास बढ्ने छ, भने घर परिवारमा आफन्त बीच घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ, ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाईलेखाईमा अल्छी गर्नाले अरुभन्दा निकै पछि परिने छ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिने छ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारीसाधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोतसाधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले मानसम्मान तथा इज्जतप्रतिश्ठामा दाग लाग्न सक्छ, काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- साताको सुरु र अन्तको समय मध्यम रहेकोले राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यवसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिससँग रमाईलो यात्राको तय गर्न सकिने छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनासहितको समर्थन पाइने छ । मंगलबारबाट बिहीबार साँझसम्मको समय उत्तम रहेकोले लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यवसायमा सोचे जस्तै नाफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले नयाँ कार्यआरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यवसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरमा थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले व्यक्तिगत स्वार्थ तथा वैराग्यभाव त्यागेर अगाडि बढ्नुहोला । सवारीसाधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनु होला । आलश्य तथा थकानको अनुभूति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धी हासिल हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- साताको समय मध्यम रहेकोले समुदायको हकहितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थितीहरुको सामना गर्नुपर्नेछ । पढाईलेखाईमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेको छ । व्यापार व्यवसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुखी हुनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने जीवनसाथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ । आफन्त तथा दिदीबहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानीले काम बाँकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मनजोर भएको महशुस हुनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय उत्तम रहेकोले दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाईलेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकी आज आउने फैसला तपाईको पक्षमा हुनेछैन । पुराना समस्या पुन बल्झने तथा ऋण लाग्नेछ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- साताको सुरु र अन्तको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन्, ध्यान दिनुहोला । आमा वा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यवसायमा न्यून नाफा हुने हुनाले दैनिकी कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मंगलबारबाट बिहीबार साँझसम्मको समय उत्तम रहेकोले प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । स्कूल, कलेज, बैंक तथा बित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयरबजार तथा सट्टाको व्यवसायमा बिशेष लाभ लिन सकिनेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्ने धन संग्रह गर्न सकिने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- बुधबारसम्मको समय मध्यम रहेकोले वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला, नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुस हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकीसँग मनमुटाव बढ्नेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा समय दिए पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ । बिहीबारबाट सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।तपाईको साता दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
फागुन ४, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २७, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार