तपाईको आजको राशिफल कस्ताे छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार ११:४२:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal_Fh0W11g18J.jpg)
वि.सं. २०७७ साल पौष १२ गते । आईतबार । इ.स.२०२० डिसेम्बर २७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– त्रयोदशी,३० बजेर ०९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–कृतिका,१३ बजे ५२ मिनेट उप्रान्त रोहिणी । योग–साध्य,१७ बजेर ०५ मिनेट उप्रान्त शुभ । करण–कौलव,१७ बजेर १४ मिनेट उप्रान्त तैतिल,३० बजेर ०९ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा,सूर्यास्त १७ बजेर १५ मिनेटमा । दिनमान २५ घडी ५१ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिने छ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिने छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाईलेखाईमा मन जाने छैन भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवनसाथिसँग मनमुटाब बढ्ने योग रहेको छ । तरपनि लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावी हुनेछन् । व्यापारमा मन्दी आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेमम नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिने छ, भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायासी सुख सुबिधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिनेछन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- नयाँ सवारीसाधन तथा मन परेको भौतिक सम्पती जोड्ने समय रहेकोछ । सामुहिक लगानी कर्ता भेला पारी सुरु गरिने व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडी बढाउन सकिने छ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- राजनितीक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- रमाईलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाईने हुँदा पन प्रशन्न रहनेछ । उपहार तथा भौतिक सम्पती प्राप्तिको योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग विवाद बढ्ने योग रहेको छ । कुनै पनी काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अबिश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार