७० वर्षमा नेपालमा क्रिश्चियनको संख्या ४० लाख पुग्यो : अध्यक्ष थापा
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार १८:२७:५४
१२ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहेका भएपनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईंलाई मन दुख्दैन भनेर प्रश्न गरेका छन् । २००७ सालदेखि २०७७ सालसम्म आइपुग्दा क्रिश्चियनको संख्या यतिधेरै हुनमा लोभलालच र गरिबी नै प्रमुख कारण भएको थापाले संकेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर, वि.सं. २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ । हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथिको यो आक्रमणले असह्य पिडा हुन्छ। के तपाईको मन दुःख्दैन ?’
अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भनेका छन्, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन् । पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन् । यिनले विदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन् । सनातन धर्म संस्कृतिको रक्षा गरौं’ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार