महिला उद्यमीका समस्या समाधान गर्न उर्मिला श्रेष्ठको माग
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार १८:४६:३५
१२ पुष, काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष एवंम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले महिला उद्यमीका समस्यालाई सरकारले यथासिघ्र समाधान गर्नुपर्नेमा जोड दिएकी छिन् । गत शुक्रबार फेसियल हाउसको १३ औ वार्षिकोत्सव समारोह माझ उनले सो धारणा राखेकी हुन ।
कोरोनाभाइरसका कारण अझैसम्म पनि व्यवसाय मैत्री वातावरण बन्न नसकिरहेको उल्लेख गर्दै उनले ठुलो संख्यामा महिला उद्यमीहरु समस्याग्रस्त बनेको पनि जनाइन् । महिला उद्यमीका तमाम समस्यालाई हल गर्न पटक पटक सरकारलाई आग्रह गरेता पनि अझैसम्म महिला उद्यमीका समस्या समाधान हुन नसकेको अध्यक्ष श्रेष्ठले बताईन ।
श्रेष्ठले कोरोनाभाइरसले खाद्यान्नको क्षेत्रमा समेत असर पारेको उल्लेख गर्दै महिला उद्यमीबाट संचालित व्युटी पार्लर, बुटिक, स्पा, फेन्सी, हस्तकलाजन्य उद्योग, रेस्टुरेंन्ट आदी व्यवसाय संचालन गर्न कठिन भैरहेको जनाइन् ।
कोरोनाभाइरस अवधीभर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्य सामाग्रीको अभाव हुन नदिन घरघर पुगेर सुलभ मुल्यमा सामाग्री उपलब्ध गराउदै आएको पनि श्रेष्ठले जानकारी गराईन् । त्यसो त बजारमा महंगी बढन नदिन र अखाद्य एवम् गुणस्तरहिन वस्तुको कारोबारलाई निरुत्साहित गर्ने कर्पोरेशनले सुपथ मुल्यमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको पनि उनले जनाईन ।
सोही अवसर माझ वरिष्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम् रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका, साल्ट ट्रेडिङका विभगिय प्रबन्धक ब्रजेश कुमार झा, इभेण्ट मेनेजमेण्ट एशोसियसनका प्रवक्ता एवम् कर्पोरेट म्यागाजिन एवम् कर्पोरेट खबर डट कमका सरोज ओझा, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, इभेण्ट मेनेजमेण्ट एशोसियसनका सहसचिव एवम् मोडल संङ्स नेपालका सिईओ डेभिल सिंह राजपुत लगायतको उपस्थिती रहेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम संस्थाका संरक्षक उज्जवल जंग शाहको संयोजकत्व भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार