प्रधानमन्त्रीको गृहनगरमा विशाल प्रदर्शनको तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार १९:१७:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/nepali-congress-2_od590Vkx06.jpg)
१२ पुष, दमक । लामो समयसम्मको मौनता र राजनीतिक विकृतिका विरुद्ध चुपचाप बसेको नेपाली कांग्रेसले प्रधानमन्त्रीको गृहनगर झापामा विशाल प्रदर्शनको तयारी गरेको जनाएको छ । प्रधानमन्त्रीकाे असंवैधानिक कदमपछि सिर्जित घटनाक्रमले विस्तारै जनमानसमा आक्रोश बढाउँदै लगेको छ भने कांग्रेसीजन बिस्तारै जुर्मुराउन थालेका छन् ।
देशमा व्याप्त भ्रष्टाचार, बेथिति र अनियमितताका बिरुद्धमा धेरै अगाडि नै जनताको साथ लिएर सडकमा जानुपर्ने आवाज कांग्रेस बृत्त र आम नागरिकहरुमा चर्चा भैरहेता पनि नेपाली कांग्रेसले सडक आन्दोलनको बाटोलाई भरसक अंगीकार नगर्ने, कम्युनिष्टहरुको जस्तो सडकका रेलिङ्ग, सडक छेउका नागरिकका घरका बार्दली र घरका सीसा नफुटाउने, नागरिकका दुःख पीडाका विरुद्धमा लड्न स्वयं नागरिकलाई नै सडकमा उतारेर थप दुःख र पीडा नदिने लक्ष नेपाली कांग्रेसले लिएको थियो ।
तर सरकारको आँखा देशको ढुकुटीमा मात्र नभई स्वयं व्यवस्थामा नै परेपछि अब भने नेपाली कांग्रेस चुप लागेर नबस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम र अलोकतान्त्रिक गतिविधिका विरुद्धमा साथै सिंगो व्यवस्था माथिको प्रहारका विरुद्धमा भोलि मिति २०७७ साल पौष १३ गते सोमबार देशका सबै निर्वाचन क्षेत्रहरुमा विरोध सभा र नागरिक खबरदारी गर्ने भएको छ । जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्रका विरुद्धमा भैरहेका पटक–पटकका सरकारका गलत कार्यशैलीप्रति अब नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन समेत गर्ने भएको छ ।
अहिले नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनमा लागिरहेको बेलामा, आफ्नो सम्पूर्ण ध्यान महाधिवेशनमै केन्द्रीत गरिरहेको अवस्थामा, जनताका चासो, गुनासो, समस्या र अप्ठ्याराहरुका विषयमा निरन्तर संसदमा आवाज उठाई रहेको बेलामा, बहुमत प्राप्त नेकपाको सरकारले पटक–पटक संसद छलेर अध्यादेश मार्फत देश चलाउन खोजेपछि, विद्यमान व्यवस्था र विधि प्रकृयाबाट आफ्नो दिशा मोडेपछि, जनताका समस्या तथा सवालहरुमा पटक्कै ध्यान दिन छोडेपछि, यस अघि पनि नेपाली कांग्रेसले पटक पटक सरकारका गलत कार्यशैली प्रति कडा प्रतिबाद गर्दै आईरहेको थियो ।
वर्तमान सरकार नागरिकको अभिभावकको रुपमा नभई बिस्तारै तानाशाही प्रबृत्तिको रुपमा अगाडि बढन थाले पछि, आफ्नै दलको बहुमत प्राप्त सरकार बिना कुनै कारण आफैले मिल्क्याएर फालेपछि, जनताको भावनामा पटक–पटक कुठाराघात गर्दै एकपछि अर्को अलोकतान्त्रिक यात्रामा आफुलाई हिडाउन थालेपछि, वर्तमान ओली नेतृत्वको सरकारको कार्यशैली र लोकतन्त्रप्रतिको आस्था र विश्वासमा खोट देखिन थालेको प्रष्टै रुपमा देखिन थालेको छ । लोकतन्त्रका आधार स्तम्भहरुलाई अझ दर्बिलो बनाउदै जानुपर्ने सरकारले भएका लोकतन्त्रका डाँडाभाटाहरु नै झिकेर आगो ताप्न थालेपछि नेपाली कांग्रेस चुप लागेर बस्न नसकी सडकमा निस्कनु परेको कुरा दमकका स्थानीय नेता तथा कार्यकर्ताहरुले बताउन थालेका छन् ।
प्रभावशाली नेता तथा केन्द्रीय सदस्य मिनेन्द्र रिजाल प्रमूख वक्ता रहने उक्त विरोध कार्यक्रममा प्रधानमन्त्रीको गलत कदम प्रधानमन्त्रीको गृह नगरबाटै परास्त गर्ने आन्दोलनको अगुवाई गरिरहेको झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ का क्षेत्रीय सभापति ढुंढिराज भण्डारी बताउछन् ।
पटक पटकको संबिधानको गलत प्रयोग र अधिकारको चरम दुरुपयोग गर्दै एकतन्त्रिय व्यक्तिगत मनोरोगी प्रबृत्तितर्फ अगाडि बढन थालेपछि यसको सशक्त प्रतिकार गर्दै संविधान र लोकतन्त्रको रक्षार्थ उभिन नेपाली कांग्रेस बाध्य भएर सडकमा आउनु परेको हो । देश र जनताको प्रत्यक्ष प्रतिनिधित्व हुने संसदको नियमित काम कार्यबाहीलाई समेत छलेर, बालुवाटारबाटै संसद भवन चलाउने कुण्ठित अभिलाषाले प्रधानमन्त्री ओलीलाई थप बदनाम र नाङ्गो बनाउँदै लगेको छ ।
संवैधानिक परिषद जस्तो देशकै उच्च र प्रमुख प्रतिपक्ष दलको नेताको समेत सहभागी रहनु पर्ने संस्थालाई अध्यादेशमार्फत आफ्नो एकलौटी अंशबंडामा परेको पैतृक सम्पत्ति जस्तो ठानेर, आफुलाई जे मन लाग्यो त्यहि बोल्ने, जे मन लाग्यो त्यहि गर्ने मनोरोग पालेर बेलगाम घोडा झैं बन्न थाले पछि अब सम्पूर्ण नेपाली नागरिकहरु ओली तानाशाहका बिरुद्धमा सडकमा निस्कन बाध्य हुनु परेको कुरा नेपाली कांग्रेसका युवा नेता पर्शुराम रिजाल बताउँछन् ।
जनताले ५ बर्षसम्म निर्वाध सरकार सञ्चालन गर्न दिएको जिम्मेबारीलाई लात हान्दै, संसदमा आफ्नाे स्पष्ट बहुमत हुँदाहुँदै, बालुवाटारमा देखेको खराव सपनाबाट तर्सिएर हठात मनस्थितिबाट संसद बिघटन गरि बेला न कुबेला निर्वाचनको नौटंकी रच्न पुगेका प्रधानमन्त्रीबाट अब संबिधानको रक्षा र संबिधानसम्मत तवरले काम गर्छन् भन्ने बिश्वास समेत गुमाईसकेका छन् ।
स्वयं आफ्नै दलमा रहेका आधाभन्दा बढी नेता, सभासद, र कार्यकर्ताहरु समेत आफ्नै सरकारले गरेका असंवैधानिक कामहरुको विरुद्धमा सडकमा निस्किसकेको बेला, नेपाली कांग्रेसले सशक्त प्रतिकार गर्दै नागरिकका गुमेका अधिकार स्थापित गराउन भोलि पुष १३ गते सोमबार देशका सम्पूर्ण निर्वाचन क्षेत्रहरुमा सरकारका गलत कार्यशैलीसहित संसद बिघटनको असंबैधानिक कदमको बिरुद्धमा बिरोध र्याली र आमसभा गर्ने भएको छ ।
झपा जिल्लाको क्षेत्र नं. ५ मा भोली पौष १३ गते सोमबार बिहान ११ बजे दमक चोकमा रहेको गणतन्त्र चोकमा बृहत विरोध सभा गर्न लागिएको कुरा दमक कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य मिनेन्द्र रिजाल प्रमूख वक्ता रहने उक्त विरोध कार्यक्रममा प्रधानमन्त्रीको गलत कदम प्रधानमन्त्रीको गृहनगरबाटै परास्त गर्ने आन्दोलनको अगुवाई गरिरहेको झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ का क्षेत्रीय सभापति ढुंढीराज भण्डारी बताउँछन् । अब जनताको प्रतिनिधित्व भएको प्रतिनिधिसभा पुर्नस्थापना नगरी घर नफर्कने, यसका लागि नेपाली कांग्रेस अत्यन्तै कठोर र आक्रामक समेत बन्न पछि नपर्ने कुरा आक्रोसित हुँदै क्षेत्रिय सभापति ढुण्ढिराज भण्डारीले बताएका छन् ।
नेपाली कांग्रेसको राजनैतिक सकृयताले आम नागरिकमा उत्साहको रक्तसञ्चार भएको छ । आम नागरिकहरु अब नेपाली कांग्रेसले अगुवाई गर्ने आन्दोलनमा सहभागी हुने भएका छन् । जनतामा कम्भयुनिष्ट पार्टी प्रतिको वितृष्णा बढीरहेका बेला कम्युनिष्ट सरकारकै गलत कार्यशैलीका कारण उत्पन्न परिस्थितिले अब देशमा छुट्टै राजनैतिक मोड लिने अवस्था सृजना हुँदै गैरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार