चिनियाँ राष्ट्रपतिको सन्देश लिएर उपमन्त्री काठमाडौंमा
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २०:२:२२
२१ पुष, काठमाडौं । दक्षिण एसियामै नेपालमा बलियो कम्युनिष्ट सरकार बनेकोमा सन्तोष गरेको उत्तरी छिमेकी चीन नेकपामा विभाजन आएपछि चिन्तित देखिएको छ । चीनको उक्त चिन्ता दूर गर्न आज चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ एचौले नेतृत्वको उच्चस्तरीय टोली काठमाडौं ओर्लिएको छ ।
लामो समय नेकपा विभाजन रोक्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सकृय भएपनि दक्षिणी छिमेकीको प्रभावले असफल भएको ठम्याई चीनको देखिएको छ – एकजना विदेश मामलाका जानकार भन्छन् ।
खासगरी भारतीय जासुसी संस्था रअ प्रमुख सोमन्तकुमार गोयल आएर प्रधानमन्त्री केपी ओलीसँग मध्यरातमा वान टू वान छलफल गरेपछि नै राजनीतिले नयाँ कोर्ष लिएको बुझाई उनकाे छ । राजदूत यान्छी नेकपा फुटबाट जोगाउन विफल भएको ठम्याईका साथ आज चिनियाँ पक्षले उच्चस्तरीय टोली पठाएको पनि उनले दाबी गरेका छन् ।
उक्त चिनियाँ प्रमण्डलले नेकपाका दुबै पक्षका नेताहरुसँग छलफल गर्ने बुझिएको छ । तर अब जति नै छलफल गरेपनि पार्टी एकताको सम्भावना टरेकाले न्यूनतम क्षतिका लागि मात्रै छलफल हुनसक्ने अनुमान उनले गरे ।
स्रोतका अनुसार प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी चिनफिनको सन्देश लिएर आएका छन् । सकेसम्म पार्टी एकता कायम रहोस् नभएपनि सहकार्यको बाटो खोजियोस् भन्ने सन्देश चिनियाँ राष्ट्रपतिको हुन सक्ने अनुमान गरिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार