पाँच महिनामा १३ अर्ब ५० करोड बराबरको भटमासको तेल निर्यात
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २२:४६:२०
१२ पुष, काठमाडौं । मुलुकबाट पाँच महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ५० अर्बको निर्यात हुँदा १३ अर्ब ५० करोड ६३ लाख रुपैयाँबराबरको ९३ करोड ५५ लाख ९७ केजी भटमासको तेल निर्यात भएको हो ।
गत वर्ष सोही अवधिमा नेपालले ३ अर्ब ११ करोड ६३ लाख बराबरको २ करोड ४४ लाख ७५ हजार केजी भटमासको तेल निर्यात गरेको थियो । यस्तै चालु आवको पाँच महिनामा ५ प्रतिशतले निर्यात बढेर ५० अर्ब करोड ५५ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
आयातमा सामान्य कमी भए पनि निर्यात भने बढ्दै गएको छ । व्यसायीहरूले तेस्रो मुलुकबाट भटमास (कच्चा पदार्थ) आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् ।
दोस्रो नम्बरमा सबैभन्दा धेरै अलैंची निकासा भएको छ । यो वर्ष भारतमा अलैचीको उत्पादन कम भएका कारण बजारमा बढ्दो माग भएकाले भारततर्फ अलैंचीको निकासी बढी भएको व्यवसायीहरूको भनाइ छ । पाँच महिनाको अवधिमा मुलुकबाट ३ अर्ब ५ करोड १० लाख रुपैयाँ मूल्य बराबरको ३७ लाख ९० हजार केजी अलैंची निर्यात भएको छ ।
यस्तै सेन्थेटिक यार्न ३ अर्ब १३ करोड र ऊनी गलैंचा कार्पेट ३ अर्ब १० करोड रुपैयाँको निर्यात भएको छ । पाँच महिनामा ३ अर्ब ७ करोड रुपैयाँको अलैंची, २ अर्ब ५५ करोड रुपैयाँको चिया र २ अर्ब ५३ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ । यस्तै १ अर्ब ९३ करोड रुपैयाँको कपडा र १ अर्ब ५६ करोड रुपैयाँको जुटबाट बुनिएका कपडा निर्यात भएको तथ्यांकमा उल्लेख छ । मुलुकबाट अधिकांश वस्तुको निर्यात छिमेकी मुलुक भारतमा हुने गर्छ ।
आर्थिक वर्ष ०७७(७८ को पाँच महिनामा विभिन्न भन्सारबाट ५० अर्ब ५० करोडको निर्यात हुँदा सबैभन्दा धेरै भन्सार कार्यालय वीरगञ्जले चालु आवको १५ अर्ब ५८ करोड ५४ लाखको सामान निर्यात गरेको छ । साथै उक्त भन्सारबाट १ खर्ब ६४ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यसैगरी विराटनगर भन्सारबाट १२ अर्ब ७४ लाख ६७ लाख बराबरको वस्तु निर्यात गरेको छ ।
सोही अवधिमा उक्त भन्सारबाट भने ६४ अर्ब ९ करोड ७६ लाखको वस्तु आयात भएको छ । कोभिडको प्रभावले आयात कम हुँदा निर्यातमा सामान्य वृद्धि भए पनि उत्साहपूर्ण नभएको विज्ञहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार