ताजा जनादेशका लागि एकजुट बनाैं : अध्यक्ष थापा
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:१३:३९
१२ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त विकल्प र अवसर भएको बताएका छन् ।
आज पर्साको वीरगंजमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको बिषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए ।
प्रचण्ड र ओलिको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपा भित्रको अन्तरबिरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो । व्यक्ती परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने ः–हामी आफै देश बनाउन सक्छौ, राप्रपालाई विश्वास गर्नुस हिन्दुराष्ट्र दिन्छौ, राजसंस्था दिन्छौ। विकास र समृद्धि दिन्छौ। थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी विप्लब, कांग्रेस कम्युनिष्ट, मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजिब पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए ।केन्द्रीय सदस्य नगिना यादव र जिल्ला अध्यक्ष सोमेश्वर यादब लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । कार्यक्रम पछि जिल्ला केन्द्रीय सदस्य यादवको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार