संसारकै सबैभन्दा महंगो किताबको मूल्य ३ अर्ब २० करोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार १:२०:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/the-codex-leicester_HXPGKNoFni.jpg)
१२ पुष, काठमाडौं । कहिले काही मात्र नभएर तपाई हाम्रो सधै किताब पढ्ने बानी छ भने किताबको मूल्यको महत्त्व त्यसलाई पढ्ने मानिसले मात्र बुझ्न सक्छन् । तर एउटा किताब कति महंगो हुन सक्छ भनी कसैले अन्दाज गर्न सक्दैन ।
यहाँ हामी तपाईलाई केही किताबका बारेमा बताउँदैछौं जसको मूल्य सुनेर तपाईको दिमाग एकचोटि त चक्कर खान्छ । यी किताबहरूको मूल्य यति धेरै छ कि कसैले पनि यिनलाई किन्न सक्दैन । हरेक वर्ष ब्लूम्स्बरी अक्सनमा मानिसहरूले विभिन्न किताबको लिलाम बढाबढमा बोली लगाउँछन् ।
द कोडेक्स लिसेस्टर
लियानार्दो दा भिन्चीको यो पुस्तकको मूल्य करीब ३२१ करोड रुपैयाँ छ । दा भिन्चीको हस्तलिखित पाण्डुलिपिसहितको यो वैज्ञानिक जर्नल जम्मा ७२ पानाको छ । यस किताबलाई संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्सले त्यति धेरै मूल्य तिरेर किनेका हुन् ।
द गोस्पेल अफ हेनरी द लायन, अर्डर अफ सेन्ट बेनेडिक्ट
यसको मूल्य करीब १२० करोड रुपैयाँ छ । ईशाको १२औं शताब्दीमा रोमन संस्कृतिको यो धार्मिक पुस्तकलाई जर्मन सरकारले त्यति मूल्य तिरेर किनेको थियो ।
बर्ड्स अफ अमेरिका
जेम्स अडबनको यो पुस्तकको मूल्य लगभग ११६ करोड रुपैयाँ छ । सन् २०१० मा यसको दोस्रो संस्करण लन्डनमा लिलाम बिक्री भएको थियो र एक खरिददारले त्यति धेरै पैसामा यसलाई किनेका थिए ।
द क्यान्टरबरी टेल्स
जोफ्रे चोसरको यो पुस्तकको मूल्य लगभग ७७ करोड रुपैयाँ छ । सन् १९९८ मा लन्डनमा लिलाम बिक्री गरिएको यो पुस्तक त्यति मूल्यमा बिकेको थियो ।
फर्स्ट फोलियो
महान् नाटककार विलियम शेक्सपियर यो पुस्तक लगभग ६३ करोड रुपैयाँमा बिकेको थियो । सन् २००१ म न्युयोर्कमा भएको लिलामीमा माइक्रोसफ्टका सहसंस्थापक पल एलनले यसलाई त्यति मूल्य तिरेका थिए ।
गुटेनबर्ग बाइबल
लगभग लगभग ४९ करोड रुपैयाँमा यो किताब सन् १९८७ मा बिकेको थियो । संसारको पहिलो मुभेबल छापाखानाका जम्मा ४८ प्रति छापिएको यो पुस्तकको एक प्रति त्यति धेरै मूल्यमा किनिएको हो ।
लुइस डुहमेल डु मोनकाउ
पियरे एन्टोनीले लेखेको यो पुस्तक करीब ४८ करोड रुपैयाँमा बिकेको थियो । फल लाग्ने बोटहरूका बारेमा लेखिएको यो पुस्तकको पाँच खण्डहरू छन् ।
जियोग्राफिया कस्मोग्राफिया
क्लडियस टलेमीको यो किताब लगभग ४२ करोड रुपैयाँमा बिकेको थियो । संसारको सबभन्दा पहिलो छापिएको एटलस हो यो । लन्डनमा भएको लिलामीमा यसको त्यति धेरै मूल्य तिरिएको थियो ।
द टेल्स अफ बीडल द बार्ड
ह्यारी पोटर शृंखला लेखेर ख्याति कमाएकी जेके रोलिङको यो किताबको मूल्य करीब ४१ करोड छ । रोलिङले यो किताबको सात मूल प्रति बनाएकी थिइन् र हरेक प्रति तथा त्यसका रेखाचित्र आफ्नै हातले बनाएकी थिइन् ।
यसको ६ प्रति उनले आफ्ना साथी र सम्पादकहरूलाई बाँडिदिइन् भने एक प्रति चाहिँ उनले अमेजन डट्कममा लिलामी गर्न राखिन् । त्यहीँ यो पुस्तक त्यति धेरै मूल्यमा बिक्यो ।
द फर्स्ट बूक अफ युरिजेन
बेलायती कवि विलियम ब्लेकको यो पुस्तक करीब २७ करोड रुपैयाँमा बिक्यो । सन् १७९४ मा यसको जम्मा आठ प्रति तयार गरिएको थियो ।सन् १९९९ मा किताब संग्रह गर्न मन पराउने एक व्यक्तिले यसलाई त्यति मूल्य हालेर किनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार