तपाईको आजको राशिफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार ११:१९:३९
वि.सं. २०७७ साल पौष १३ गते । सोमबार इ.स.२०२० डिसेम्बर २८ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– चतुर्दशी,अहोरात्र । नक्षत्र–रोहिणी,१६ बजे ०५ मिनेट उप्रान्त मृगशिरा । योग–शुभ,१७ बजेर १५ मिनेट उप्रान्त शुक्ल । करण–गर,१८ बजेर ५८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा,सूर्यास्त १७ बजेर १५ मिनेटमा । दिनमान २५ घडी ५१ पला । काशीस्थित पिशाचमोचन तीर्थमा श्राद्ध ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिने छ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिने छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनी सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिने छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउन सकिने छ भने लगानि गर्ने वातावरण बनाउन सकिनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिने छ । मायाप्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- जानकारीको अभावले कामहरु बिग्रनेछ, भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिने छ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलासी बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिने छ । प्रेमलाई विवाहरुपी निकास दिने सहमती जुट्ने योग रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहने छ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउने छ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिने छ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानी गर्न सकिने छ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिने छ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारि व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- कुनैपनि कामलाई पुनह गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लागनी गर्नको लागी केही समय पर्खनु नै उचित रहेकोछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवादमा सामेल भए हारिने सम्भावन रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृड हुने छ । आफन्त तथा सन्तानबाट तपाईको काममा बिशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिने छ । नया विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रुपान्तरण गर्न सकिने छ । प्रेममा सफलता मिल्नेछ । पढाईकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- गलत लेखाई अथवा गलत बुझाईलो आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने भएपनि वढि नै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि नाँफा कमाउन बढि नै समय खर्चनु पर्नेछ । मायाप्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाढि बढ्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार