नयाँ भाइरस ठूलो चुनौती:- जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार १९:२१:५८
१३ पुष, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टको रुपमा बेलायतबाट अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ । बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ भने आयरल्याण्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान लगायतका देशमा पनि यो भाइरस भित्रिएको छ ।
नयाँ प्रजातिको यो भाइरसको अरुलाई सर्ने दर तीब्र छ । यसको घातकता अझै निश्चित भएको छैन । हालै जापानमा समेत यो भाइरस देखा परेपछि त्यहाँ प्रतिबन्ध नै लागेको छ ।
त्यसैले नेपालले पनि एयरपोर्ट तथा सीमानामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन नगर्ने हो भने महामारी फेरी दोहोरिन सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले चेतावनी दिएका छन् । नेपालबहससँग कुरा गर्दै डा. पाण्डेले भने, “घातक प्रभाव कम भएपनि जोखिम वर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणालीको लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ ।”
“हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ । दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शनी, जुलुस, नाराबाजी आदिको कारण संक्रमण फैलिने ठूलो खतरा छ” उनले भने । जनस्वास्थ्य विज्ञ डा. पाण्डेका अनुसार अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिवार्य र सहि तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं । बिरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु र गराउनु नितान्त जरुरी छ ।
“जसरी वुहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरि बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिदैन” डा. पाण्डेको चेतावनी छ । सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्नको लागि आवश्यक रणनीति बनाउनु अत्यावश्यक भैसकेको डा. पाण्डेले बताए ।
योजनाबद्ध रुपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रबद्धर्न तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट सरकारलाई नभएको बताउँदै डा.पाण्डेले आम जनता भने यो प्रजातिबाट आत्तिनु नपर्ने बताए । डा. पाण्डेका अनुसार यसको घातकता अर्को कोरोना भाइरस भन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिको लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार