बेलायतबाट आएका ५ जनालाई कोरोना संक्रमण, नयाँ भाइरस भएको आशंका !
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार २३:१०:२८
१३ पुस, काठमाडौं । बेलायतबाट आएका ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुलाई नयाँ प्रकारको कोरोना भाइरस रहेको अनुमान गरिएको छ । यद्यपी यसको पुष्टि हुन बाँकी छ ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा इडिसिडीले राजधानीको विभिन्न होटेलमा क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरिएको थियो । यसरी बसेका मध्ये ५ जनालाई लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
तर उनीहरुलाई नयाँ प्रजातीको कोरोना भएको भन्न नमिल्ने इडिसिडीका निर्देशक वासुदेव पाण्डेको भनाई छ । उनका अनुसार नयाँ किसिमको कोरोना भाइरस भएको पत्ता लगाउन उनीहरुको जिन सिक्विनिङ गर्नुपर्छ ।
बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि यसको प्रभाव विश्वभर परेको छ । यसका साथै बेलायतले नयाँ प्रकारको भाइरस रोक्न बाहिर देशबाट आउनेलाई रोक लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार