संसद पुर्नस्थापित गरेरै छाड्ने कांग्रेस नेता डा.मिनेन्द्र रिजालको उद्घोष
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार २३:४४:४५
१३ पुष, झापा । नेपाली कांग्रेसले दमकको गणतन्त्र चौकमा वर्तमान सरकारको गलत कार्यशैली र सर्वसत्तावादको बिरुद्धमा भव्य आमसभाको आयोजना गरेको छ । नेपाली कांग्रेस, नेपाल महिला संघ, तरुण दल, नेपाल बिद्यार्थी संघ, नेपाल किसान संघ, पेशागत ब्यवसायीहरु, बुद्धिजीवी तथा क्षेत्र नं. ६ का नागरिकहरुको बाक्लो उपस्थितिमा आज बिरोध कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी ओलीले गरिरहेका कामहरुलाई सर्बसत्तावादको पराकाष्ठ भन्दै बिरोध गर्दै आईरहेको छ । सरकारका निरन्तरका असंबैधानिक कदमहरुले देशलाई अत्यन्तै ठूलो भडखालोमा हाल्ने भन्दै नेपाली कांग्रेसले आज पौष १३ गते देशब्यापी रुपमा सम्पूर्ण निर्वाचन क्षेत्रमा एकैपटक एकैदिन बिरोध प्रदर्शनको आयोजना गरेको थियो ।
दमकमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले व्यक्तिवादी हठवादिताका द्योतक रहेका प्रधानमन्त्री ओलीले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संबिधानलाई नै भड्खालोमा हालेको बताएका छन् । “समृद्ध नेपाल र सुखी नेपाली” बनाउने भन्दै नेपाली जनताका छोराछोरीलाई फकाउँदै जनताको मत प्राप्त गरेर सिन्को समेत नभाँची ओलीले ३ बर्ष त्यसै खेर फालेको नेता रिजालको भनाई थियो ।
नेता रिजालले भने–“आज म प्रधानमन्त्री ओलीको आँगनमा आएर भन्दैछु, तपाईले चालेको यो घोर असंवैधानिक कदमलाई हामी पल्ट्याएर देखाईदिनेछौ । जनताको सार्वभौम संस्था संसद पुर्नस्थापित गर्छौ अनि यो देशलाई सही मार्गमा हिडाउँदै अन्त्यमा ओलीलाई समेत बिदा गर्छौ ।”
हिजो आफुले ओलीको कार्यशैली हिटलर प्रवृत्तिको भयो भनेर संसदमा बोल्दा आँखा तरेर हेर्नेहरु नै अहिले ओलीको कार्यशैलीका बिरुद्धमा सडकमा आउन बाध्य भएका छन् भन्दै डा. रिजालले अब ओलीको अधिनायकवादी कार्यको सडकबाटै प्रतिउत्तर दिने बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री समेत रहेका नेता रिजालले वर्तमान सरकारले बिघटन गरेको संसद कुनै पनि हालतमा पुर्नस्थापना गरेरै छाडने दावी गरे ।
बिना कारण व्यक्तिगत लहडका आधारमा कसैले पनि संसद बिघटन गर्न नमिल्ने बताउँदै नेता डा.रिजालले अब संसद पुर्नस्थापनाका लागि नेपाली कांग्रेसले अझै सशक्त आन्दोलन गर्ने र संसद पुर्नस्थापित गराएरै छाडने बताए । प्रधानमन्त्रीको वर्तमान कार्यशैलीप्रति अत्यन्तै आक्रोशित बनेका नेता रिजालले अगाडि भने “अब बालुवाटारमा बसेर हावादारी गफ दिएर देश बन्दैन ।”
देश बनाउन निर्दिष्ट लक्ष्य, उद्देश्यगत बिकास योजना चाहिने बताउँदै नेता रिजालले देश अहिलेको अवस्थामा आईपुग्न नेकपाकै प्रचण्ड, नेपाल लगायत नेताहरुको पनि हात रहेको बताए । नेकपा भित्रका प्रभावशाली नेताहरु पनि सत्ताको लुछाचुँडी भन्दा बाहिर आउन नसक्दा वर्तमान राजनैतिक संकट आएको बताउँदै उनले प्रचण्डलाई प्रश्न गर्दै भनें “कार्यकारी राष्ट्रपति चाहियो भन्ने तपाईहरुले एकपटक सोच्न पर्यो । संसदप्रति उत्तरदायी प्रधानमन्त्री हुँदा त देशको राजनीतिको यस्तो हालत छ, कार्यकारी राष्ट्रपति हुँदा देशको हालत के होला ?
“प्रधानमन्त्री भन्दै हिडेका छन्, चुनाव जितेर आएको हुँ, मैले अब संबिधान मान्नु पर्दैन, अदालत मान्नु पर्दैन, निजामति कर्मचारीले मैले जे भनें अब त्यहि गर्नुपर्छ, लोकसेवा आयोग मेरै निर्देशनमा चल्नु पर्छ, यी सबै कुरा मेरै अण्डरमा भएपछि देशमा भएका पत्रकारहरुलाई पनि धम्क्याउँदै र तर्साउँदै हिडन पाउँछु भन्दै हिडन थालेका छन् । के यो हिटलर प्रबृत्ति भन्दा कम छ ?” डा. रिजालको भनाई थियो ।
धेरै जनतामा वर्तमान प्रधानमन्त्रीले न्यायालय, निर्वाचन आयोग र सुरक्षा निकायहरु सबैमा सेटिङ्ग मिलाएका छन् । यसैले सर्बोच्च अदालतले न्याय दिदैन कि भन्ने आशंका रहेको बताउँदै नेता डा.रिजालले भने “सर्वोच्च अदालते न्यायका पक्षमा, बिधि बिधान र संबिधानले निर्दिष्ट गरेका आधारहरुका आधारमा न्याय दिन्छ, ढुक्क हुनुहोस् ।”
बिगतमा राजा ज्ञानेन्द्रले असंबैधानिक कदम चाल्दै कही नभएको शाही आयोग बनाएर नेताहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह लगायतलाई जेल हालेको स्मरण सुनाउँदै नेता रिजालले त्यो बेला पनि सर्वोच्च अदालतले राजाको कदमलाई असंबैधानिक ठहर गर्दै न्याय दिएको उदाहरणहरु रहेको बताए ।
उनले अगाडि भनेका छन् “अदालतले न्याय दिनु अघि हामी जनताका माझमा सरकारका असंबैधानिक गतिबिधिहरुका बिरुद्धमा आवाज बुलन्द बनाउन आएका हौं । अदालत संबिधान मर्न लाग्यो, संबिधान जोगाऊ, संबिधान जोगाउने जिम्मा अब तपाईहरुको हो भन्न आएका हौं ।”
नेता डा.रिजालले आफ्नाे वक्तव्यको अन्त्यमा भनेका छन् “हाम्रो कुनै व्यक्तिमाथिको ब्यक्तिगत रिस होईन । म ओलीको बिरोध गर्न उनको गृहनगर आएको पनि होईन । म त खाली सरकारका गलत कार्यशैली र सर्वसत्तावादको बिरोध गर्न र संबिधानको रक्षार्थ आम नेपाली नागरिकहरुलाई एकताबद्ध बनाउन यहाँ आएको हुँ ।”
ओलीलाई भोली निर्वाचनमार्फत हराउला तर अहिले देश हार्न आँटेको छ, संबिधान हार्न आँटेको छ, नेपाली जनताले प्राप्त गरेको नागरिक अधिकार हार्न आँटेको छ भन्दै नेता डा. रिजालले सबै झापाबासीहरुले सरकारको यो गलत कदमको डटेर बिरोध गर्नुहुनेछ भन्ने विश्वास जगाउन आएको हुँ ।
कार्यक्रममा नेपाली कांग्रेसका बयोबृद्ध नेता पूर्णानन्द शर्मा, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापति, नगर सभापति, नेपाल महिला संघ, नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल लगायत हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार