संसद विघटनविरुद्ध थप दुई हप्ता आन्दोलन गर्ने जसपाको निर्णय
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार ०:१०:४३
१३ पुष, काठमाडौं । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी जसपाले थप दुई हप्ता आन्दोलन गर्ने भएको छ । जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गर्ने काम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको जसपाको दाबी छ । जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा गर्न, सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गराउन चरणबद्ध आन्दोलन गर्ने जसपाको निर्णय छ ।
२५ पुसमा धनगढीमा पूर्वप्रधानमन्त्री समेत रहेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता लक्ष्मणलाल कर्णले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन धनगढीमा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरी र भैरहवामा जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरू महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लले सम्बोधन गर्ने भएका छन् ।
२७ पुसमा वीरगञ्जमा उपेन्द्र यादव, लालबाबु राउत, वृषेशचन्द्र लाल, नेपालगञ्जमा मो।इस्तियाक राई, महेन्द्रराय यादव, अमृता अग्रहरी र जनकपुमा जसपा वरिष्ठ नेता राजेन्द्र महतो, रेणुकुमारी यादव र शरतसिंह भण्डारी वक्ता रहेका छन् ।
त्यस्तै, २९ पुसमा पोखरामा डा. भट्टराई, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ शरतसिंह भण्डारी, सुर्खेतमा मो।इस्तियाक राई, नवराज सुवेदी, जितेन्द्र सोनल र विर्तामोडमा रकम चेम्जोङ, हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनले सम्बोधन गर्ने कार्यक्रम छ ।
३ माघमा धरानमा अशोक राई, रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की, मलंगवामा राजेन्द्र महतो, महेन्द्रराय यादव, उपाकान्त झा, सिराहामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव, राजकिशोर यादव, कलैयामा रामसहाय यादव, जितेन्द्र सोनल, प्रकाश अधिकारी, चन्दा चौधरी र तौलिहवामा शरत्सिंह भण्डारी, मृगेन्द्रसिंह यादव र एकवाल अहमद शाह वक्ता रहेका छन् ।
जसपाले ७ माघमा ७७ वटै जिल्ला सदरमुकाम लगायत प्रमुख शहरमा जनप्रदर्शन तथा विरोध कार्यक्रम राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार