कम्युनिष्टसँग कहिल्यै सहकार्य गर्नु हुँदैन:- कांग्रेस नेता शेखर कोइराला
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार १:१०:३६
१३ पुष, विराटनगर । नेपाली कांग्रेस प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले गरेको संवैधानिक ‘कू’ नसचिञ्जेल कांग्रेसले सडक संघर्ष गरिरहने बताएका छन् । अहिलेको सरकारमा गएर कांग्रेस ओलीको मतियार बन्नु हुँदैन र त्यसका लागि खबरदारी गरिरहने र कांग्रेसलाई सरकारमा जान नदिने नेता कोइरालाको भनाई थियो ।
संसद विघटनविरुद्ध कांग्रेसले सोमबार विराटनगरमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कोइरालाले सडकबाटै कांग्रेसले मुलुकलाई निकास दिने दावी गरेका छन् । उनले भने, ‘अधिनायकवादी ओली नेतृत्वको सरकारले सर्वोच्चको फैसलापछि पनि निर्वाचनमा जाल जस्तो लाग्दैन, त्यसैले संघर्ष जारी राख्नु पर्छ ।’
लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको कोइरालाको भनाई थियो । ‘कांग्रेस आफ्नो दायित्व र जिम्मेवारीबाट भाग्न मिल्दैन र भाग्दैन,’ कोइरालाले भनेका छन् । ‘केपी ओलीलाई अधिनायकवादी बनाउनुमा दाहाल–नेपाल दुवैको भूमिका महत्वपूर्ण थियो,’ उनले भने, ‘संसद्मा ल्याएको विधेयकमा दाहाल–नेपालले सघाएकै कारण मुलुक अधिनायकवादतर्फ लागेको हो ।’
ओली नेतृत्वको सरकारले गरेको ठूलाठूला भ्रष्टाचारमा दाहाल–नेपालले कहिल्यै विरोध नगरेर मतियार बनेको कोइरालाको आरोप थियो । ‘त्यसैले कांग्रेस कसैसँग सहकार्य गरेर नभई आफ्नै आत्मबलले मुलुकलाई निकास दिन सक्षम छ र दिन्छ,’ उनले भने, ‘बीपी कोइरालाले कम्युनिष्टसँग कहिल्यै सहकार्य गर्नु हुँदैन भनेको कांग्रेसले सम्झिनु पर्ने बेला आएको छ ।’
सो कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डीला संग्रौला, प्रदेश १ का कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्य चुमनारायण तबदारलगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । वीरेन्द्रसभाबाट सुरु भएको हजारौंको विरोध जुलुस जनआन्दोलन चोकमा गएर सभामा परिणत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार