संसद विघटनका विषयमा सर्वोच्चले गरेको निर्णय कांग्रेसलाई मान्य
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार २:१०:३४
१३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका बारेमा अदालतले गरेको जस्तोसुकै निर्णय पनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।
कांग्रेस भक्तपुर क्षेत्र नं २ ले मध्यपुरथिमि शङ्खधर चोकमा आज आयोजना गरेको विरोधसभामा उनले स्वतन्त्र निकाय अदालतले जस्तोसुकै निर्णय गरे पनि कांग्रेसलाई मान्य हुने स्पष्ट गरे ।
“सरकारको कदम गलत छ, सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा छ, अदालत स्वतन्त्र निकाय भएकाले त्यहाँबाट पक्षविपक्षमा जस्तो निर्णय आए पनि कांग्रेसलाई मान्य हुनेछ”, पूर्वप्रधानमन्त्री देउवाले भने, “अदालतलाई यस्तो निर्णय गर भनेर तर्साउने र धम्क्याउने काम कांग्रेसले गर्दैन, कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, त्यसैले उसले जस्तो निर्णय गरे पनि मान्छ ।”
अप्ठ्यारो पर्दा अन्तिममा जाने ठाउँ भनेकै न्यायालय भएकाले उसको निर्णय पर्खेर बसेको उनको भनाइ थियो । कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको जनाउँदै उनले निर्वाचन भएमा कसैसँग मिलेर नगई कांग्रेसले एक्लै चुनाव लड्ने बताए ।
सभापति देउवाले भने, “चुनावमा अरूसँग मिलेर गएको फल पाइसक्यौँ, अबको चुनावमा कसैसँग मिल्दैनौ, कांग्रेस एक्लै चुनावमा जान्छ, एक्लै जाँदा हाम्रो शक्तिको कति छ भन्ने आकलन पनि हुन्छ, जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ ।”
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, कांग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री र २ का सभापति नारायण खायमली, मध्यपुरथिमि नगर सभापति सुरेन्द्र श्रेष्ठलगायतले सरकारको कदमविरुद्ध प्रदर्शन जारी राखिने बताए । सभाअघि थिमिको राधेरोडबाट विरोध प्रदर्शन शुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार