चुनावी माहोल बनाउँदै राप्रपा अध्यक्ष थापा
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार २:११:२१
१३ पुष, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा आज चुनावी माहोल बनाउँछै छन् । उनी आज आफ्नो निर्वाचन क्षेत्रमा दिनभर कार्यकर्ता भेटघाटमा व्यस्त भए । आज मकवानपुर–१ को बागमती गाउँपालिकामा पुगि विभिन्न वडाका आयोजित अगुवा कार्यकर्ता भेलामा सरिक हुँदै थापाले सम्बोधन गरे ।
०६२/६३ को परिवर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए । उनले अब कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको दावी गरे । राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफुले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरे ।
आफूसङ्ग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छ ? योग्यता, क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफुले मकवानपुरे जनताको थप माया खोजेको बताए । कांग्रेस कम्युनिष्टको असफलता र अकर्मण्यताको चर्चा गर्दै थापाले भ्रष्टाचार, बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आबश्यकता भएको बिचार व्यक्त गरे ।
क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागवण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफुलाई ठुला भन्ने शक्ति कांग्रेस कम्युनिष्ट असफल भएको बताए । कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता, निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनु पर्ने आबश्यकतामा जोड दिए ।
भ्रष्ट र असक्षमलाई बिस्थापित गरि राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो । कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपाने,जिल्ला सचिव सागर थापा, दिल बहादुर बल, शरणकाजी श्रेष्ठ ,जोसेफ राई, मदन राना लगायतले बोलेका थिए । थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार