ओलीलाई सिंहदरबारबाट सडकमा फाल्नु छ : नेता केसी
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार २:४५:४४
१३ पुष, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद जगद्विश्वर नरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चौघडा बजारमा र क्षेत्र नं स् २ ले बिदुर मा सोमबार आयोजित कार्यक्रममा सभापति केसीले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गर्दै चुनाव हुन नसके ओलीलाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् ।
‘ओली जी वैशाखमा चुनाव त घोषणा गरेउ । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई र तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खौला । जब चुनाव हुन सक्दैन ।
नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने, नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे ।
ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ रु’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो ।
अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए । ‘केपी शर्मा ओलीले उनको खड्ग उनका पार्टीका नेता कार्यकर्तालाई प्रयोग गरुन् हामीलाई टाउको दुखाइको विषय भएन । तर नेपालको संविधानमा त्यो खड्ग प्रयोग गर्न पाइँदैन ।
त्यो खड्ग प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार