नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने चिनियाँ नीति
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १४:५४:१६
१४ पुष, काठमाडौं । संसद भंग र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनबारे बुझ्न उच्चस्तरीय चिनियाँ टोली यतिबेला काठमाडौंमा छ । प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेपछि नेपालमा उत्पन्न राजनीतिक अवस्थाको बारेमा चीनले आफ्नो तर्फबाट कुनै हस्तक्षेप नहुने दाबी गरेको छ।
नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका प्रमुख नेताहरुसहित अन्य नेताहरुसँग भेटघाट गरिरहेको बेला बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले सोमबार नेपालको आन्तरिक मामिलामा चीनले कुनै प्रकारको हस्तक्षेप नगर्ने उल्लेख गरेको हो।
आइतबार र सोमबार नेपालका प्रमुख अधिकारीहरु र नेताहरुसँग भेट गरेको चिनियाँ टोलीले मंगलबार आज नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट्ने भएको छ। यता नेपाल मामिलालाई लामो समयदेखि नियालीरहेका चिनियाँ विज्ञहरुले भने नेपालको राजनीतिक अवस्थाको बारेमा चासो राख्नुका पछाडि चीनका केही मनासिब कारण रहेकाे बताएका छन् ।
चीनको फुदान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन्, ‘चीनले प्रस्तावित वेल्ट एण्ड रोड परियोजना अनुसार नेपालमा धेरै ठूलो लगानी र एकदमै गहन सहकार्य गरेको छ ।’
उनले एउटा छिमेकीको हिसाबले नेपालको आन्तरिक अवस्थाको बारेमा चासो राख्नु र अन्तरपार्टी सहकार्य अनुसार आफ्ना साझेदारलाई सहयोग गर्नु र आदानप्रदान गर्नुका पछाडि मनासिब कारणहरु रहेका छन् जुन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नभएको दावी गरेका छन् ।
त्यसैगरी संघाई एकेडेमी अफ सोसल साइन्सका रिसर्च फेलो हू झियोङले चिनियाँ कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी र अन्य राजनीतिक दलहरुबीचको राजनीतिक आदानप्रदान भारतको चासोको विषय नभएको बताएका छन् ।
उनले यदि चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाभित्रको विवादको सहजीकरणका लागि सहयोग नै प्रदान गर्ने अर्थात् यस्ता समस्या समाधान गर्न अनुभव नै प्रदान गरेको भए पनि यो पूर्णरुपमा वैधानिक र रिजनेबल भएको बताएका छन् । चिनियाँ विज्ञहरुले चीनले नभई भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको समेत दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार