प्रहरीका ठेकेदारले प्रहरीलाई नै ठगेपछि सीआईबीकाे फन्दामा

नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १८:२३:३७

१४ पुष, काठमाडौं । लामो समयदेखि नेपाल प्रहरीको कपडा सप्लार्यस रहेका बीरगञ्जका पिताम्बर मुन्का ठगी आरोपमा पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीरगन्जको बहुअरीमा कार्यालय रहेको क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक मुन्का र उनका काठमाडौं प्रतिनिधि नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको हो । मुन्का बीरगन्ज र पौडेल काठमाडौंबाट पक्राउ परेका हुन् ।
मुन्का सेना र सशस्त्र प्रहरीमा समेत लत्ताकपडाका ठेकेदार हुन् । उनले बिगतदेखि नै तीनवटै निकायमा ‘सेटिङ’ मा कमसल सामान सप्लाई गरि ठग्ने गरेको आरोप लाग्दै आएको थियो । नेपाल प्रहरीलाई आवश्यक उलन पाइन्टको कपडा २० हजार मिटर खरिद गर्न आर्थिक बर्ष २०७३÷०७४ मा खोलिएको टेण्डरमा मुन्काको कम्पनी क्राउन टेक्सटाइल्सले प्रतिमिटर १ हजार ८ सय २ रुपैयाँका दरले २ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको ठेक्का पाएको थियो ।
उनले खरिद गरेको कपडा र नमुनाबीच ठूलो अन्तर देखिएपछि पुनः परीक्षणका लागि प्रहरीले दुवै कपडाको नमुना भारतको चेन्नईस्थित एसजीएस कम्पनीमा पठाएको थियो । सोबारे सूचना पाएपछि मुन्का र पौडेलले सेटिङमा आफुखुशी दोस्रो नमुना भारत पठाएका थिए । त्योपनि प्रहरी संगठनकै जिम्मेवार अधिकृतको नाम, मोबाईल नं. तथा ईमेल ठेगाना राखी किर्ते गरेका थिए । जसअनुसार प्रहरीले पठाएको भन्दा अगावै ‘नमुनाअनुसारकै सामान भएको’ उल्लेखित ठेकेदारले पठाएको प्रयोगशाला रिपोर्ट प्रहरी प्रधान कार्यालय आइपुग्यो ।
आधिकारिक रिपोर्टको सट्टा ठेकेदारको अघि आएपछि प्रहरी झस्कियो । केहीपछि नमुनाअनुसारको सामान नभएको आधिकारिक रिपोर्ट आयो । सम्झौताविपरीत गुणस्तरहिन कपडा खरिद गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले सामान अस्वीकार गरेको थियो । आफूले ल्याएको सामान अस्वीकृत भएपछि मुन्का र पौडेलले विभिन्न शक्तिकेन्द्रलाई प्रभावित पार्न थाले । तर त्यसको खासै सुनुवाइ नभएपछि मुन्का प्रहरीविरुद्ध उच्च अदालत पाटन गए । पाटनबाट मुन्काकै पक्षमा फैसला आयो । त्यसविरुद्ध प्रहरी प्रधान कार्यालय सर्वोच्च अदालत पुग्यो । तर सर्वोच्चले उच्च अदालतको फैसला उल्ट्याएर प्रहरीको पक्षमा फैसला दियो ।
त्यसपछि मुन्का र पौडेल किर्ते गरेर भएपनि प्रहरीलाई अस्वीकृत लत्ताकपडा भिडाउन सक्रिय भए । खरिद सम्झौताको करिब ४ वर्षपछि अस्वीकृत लत्ताकपडा बुझाउने योजनासहित दुवैले किर्ते कागजात तयार पार्ने योजना बनाए । जसअनुसार २०७७ साउन ३२ मा कम्पनीका प्रतिनिधि पौडेलले प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालयका तर्फबाट अधिकृतको नाम, मोबाइल नम्बर, इमेल ठेगाना, छाप र दस्तखत किर्ते गरी भारतको चेन्नईस्थित प्रयोगशाला एसजीएसलाई गुणस्तर प्रमाणीकरण गर्न डीएचएलमार्फत दोस्रो नमुना पठाएका थिए । प्रहरी प्रधान कार्यालयले त्यसबारे सुइँको पाएपछि प्रयोगशालाबाट समेत कागजात झिकाएर सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।
‘चेन्नईस्थित ल्याबसँग सेटिङ गरेर गुणस्तरमा फेल भएका सामान पास गर्न जिम्मेवार प्रहरी अधिकृतकै नाम, हस्ताक्षर, छाप तथा दस्तखत किर्ते गरी ठगीमा संलग्न भएको देखियो,’ सीआईबीका डीआईजी सहकुल थापाले भने, ‘हामीले पछिल्लो ४ महिनादेखि अनुसन्धान गरिरहेका थियौं, त्यही क्रममा ठेकेदार र कम्पनीका प्रतिनिधिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।’
अस्वीकृत लत्ताकपडा बुझाउन बारम्बार प्रयास गर्दा पनि सम्भव नभएपछि मुन्का र उनका सहयोगीले ठगीको योजनाअनुसार भारतको प्रयोगशालासम्मै सेटिङ मिलाएको थापाले बताए । दुवै जनामाथि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा, अन्य विदेशी मुद्रा कति पुग्यो ?
फागुन १८, २०८१ आइतबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार