कांग्रेस, लोकतन्त्र र देउवाकाे जात्रा
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १८:५८:५८
१४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधिसभा विघटन सर्वाेच्च अदालतले अनुमोदन गर्ने निश्कर्ष निकालेका हुन् त कांग्रेस सभापति शेरबहादुर देउवाले ? प्रश्न विभिन्न कोणबाट उठेको छ । प्रजातन्त्र र संवैधानिक सर्वाेच्चतालाई राजनीतिक आधार मानेर स्थापना भएको नेपाली कांग्रेस किन संविधानको ठाडो उल्लंघन हुँदा बोल्दैन त ? अहिले धेरैको चासो र जिज्ञाशा यस्तै छ ।
किनभने कांग्रेसले अख्तियार गरेको नीति नै ढुलमुले देखियो । एकातिर ओलीको कदमलाई असंवैधानिक भन्ने अर्कातिर यसका विरुद्ध सशक्त सडक संघर्ष पनि नगर्ने अनौठो नीति कांग्रेस संस्थापन पक्षले लिएको छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्– कांग्रेस सभापति देउवामा देखिएको सत्ता प्राप्तिको लोभ नै यसको मूलकारण हो । कतिपयले ओलीको यो निर्णयमा देउवाको समेत गोप्य साँठगाँठ रहेको आरोप लागेको छ ।
परिस्थिति नियाल्दा कतै देउवा पनि यो अवस्थाको कारक नै त होइनन् भन्ने निश्कर्ष निकाल्न सकिन्छ । किनभने उनको दोधारे नीतिले कांग्रेस फेरि सत्ता यात्राको तयारीमा रहेको प्रष्ट संकेत गरेको छ । हिजो मात्रै कांग्रेसले देशका १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोधसभा गर्यो । तर नेताहरुको भाषण भने अलग अलग आए । भक्तपुरमा आयोजित विरोधसभालाई संवोधन गर्दै पार्टी सभापति भन्दैथिए– हामी अदालतमा प्रवेश गरेको विषयलाई सडकबाट विरोध गर्दैनौं । देउवाको भाषण सुन्दा लाग्थ्यो सरकारले राम्रै निर्णय गरेको छ । किनभने उनले सरकारलाई खासै गाली गरेनन् ।
यी दुई नेताको भनाई सुन्दा लाग्दैन्, दुवै एकै दलका विचार हुन् । परस्पर विरोधी धारमा हिंडेको कांग्रेसले लोकतन्त्रलाई बलियो बनाउने अभियानको बाग्डोर सम्हाल्न कीमार्थ सक्दैन । प्रजातन्त्रका लागि तीन तीन वटा क्रान्तिको नेतृत्व गरेको कांग्रेस वैचारिक रुपमा यसरी विभाजित भएको सम्भवतः पहिलोपटक हो । अहिलेको अवस्थामा नेपाली कांग्रेसले फेरि सडक आन्दोलनको बिंडो थाम्नुपर्ने हो तर मूलनेतृत्व नै विचलित देखिएको छ ।
उता, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँमा आयोजित विरोध कार्यक्रममा संसद पुनस्थापना नभए लोकतन्त्र नै डिरेल हुने संत्राश देखाए । ओलीको सर्वसत्तावादी चरित्रलाई सडकबाटै निस्तेज गर्नुपर्ने उनको ठम्याई हो । यी दुई नेताको भनाई सुन्दा लाग्दैन्, दुवै एकै दलका विचार हुन् । परस्पर विरोधी धारमा हिंडेको कांग्रेसले लोकतन्त्रलाई बलियो बनाउने अभियानको बाग्डोर सम्हाल्न कीमार्थ सक्दैन ।
प्रजातन्त्रका लागि तीन तीन वटा क्रान्तिको नेतृत्व गरेको कांग्रेस वैचारिक रुपमा यसरी विभाजित भएको सम्भवतः पहिलोपटक हो । अहिलेको अवस्थामा नेपाली कांग्रेसले फेरि सडक आन्दोलनको बिंडो थाम्नुपर्ने हो तर मूलनेतृत्व नै विचलित देखिएको छ । राजनीतिक विश्लेषक आचार्यको विचारमा कांग्रेसमा विचार एउटासँग र पावर अर्काेसँग देखिएकाले यस्तो गाइजात्रा भएको हो । देउवा कार्यकारी हुन् तर उनी सत्ता लालची देखिए , पौडेल थोरै वैचारिक छन् तर उनको विश्वास भने कसैले गर्न सकेका छैनन् । आफ्नै समूहको विश्वाससमेत पौडेलले एकाकार गर्न नसक्नु बिडम्बना हो – उनी भन्छन् ।
देउवालाई लागेका होला, सर्वाेच्च अदालतले संसद पुनस्थापना गर्दैन । तर संविधानवादको हिमायती भन्ने लोकतान्त्रिक पार्टीले यस्तो विचार राख्नुनै गलत हो । किनभने प्रजातान्त्रिक संविधानमाथि ओलीले नांगो आक्रमण गरेका छन् , त्यसमा कांग्रेस मौन बस्नै हुँदैन । बरु आन्दोलनको नेतृत्व नै लिएर सडकमा जानुपथ्र्याे – आचार्य भन्छन् ।
देउवा पक्षले लोकतन्त्रमा निर्वाचन जनतासमक्ष जाने माध्यम भएकाले त्यो अवसर गुमाउन नहुने तर्क छ । तर निर्वाचन भन्ने वित्तिकै प्रणाली र दर्शन नै भताभुंग हुने गरी गराइने चुनावको कुनै अर्थ छैन । कांग्रेसले गरेको आन्दोलन सधैं लोकतन्त्र बलियो बनाउन नै हो । पञ्चायतदेखि कुनै पनि कालखण्डमा कांग्रेसले चुनावलाई मात्रै साध्य बनाएन । लोकतन्त्रसहितको निर्वाचनमा मात्रै कांग्रेसले सहभागिता जनाएको हो । त्यसैले ओलीको सर्वसत्तावाद उन्मुख कदमको कांग्रेसले नै खुलेर विरोध गर्नुपर्छ– आचार्य भन्छन् ।
कम्युनिष्टहरु अहिले फुट्दा देशी विदेशी शक्तिको खुलेआम हस्तक्षेप देखिएको प्रसंग झिक्दै उनले अहिले चिनियाँ कम्युनिष्ट पार्टीका नेता खुल्लमखुला नेकपालाई मिलाउने अभियानमा छन् । यसको मतलव उनीहरु अन्य शक्तिबाट सञ्चालित छन्, आज फुटेकाहरु भोलि मिल्ने अवस्था आउन सक्छ ,त्यतिबेला कांग्रेसले लोकतन्त्र नै गुमाउनुपर्ने अवस्था आयो भने जवाफदेही को हुने हो ? उनको प्रश्न छ ।
देउवालाई लागेका होला, सर्वाेच्च अदालतले संसद पुनस्थापना गर्दैन । तर संविधानवादको हिमायती भन्ने लोकतान्त्रिक पार्टीले यस्तो विचार राख्नुनै गलत हो । किनभने प्रजातान्त्रिक संविधानमाथि ओलीले नांगो आक्रमण गरेका छन् , त्यसमा कांग्रेस मौन बस्नै हुँदैन । बरु आन्दोलनको नेतृत्व नै लिएर सडकमा जानुपथ्र्याे – आचार्य भन्छन् ।
कदाचित संसद पुनस्थापना भएन भने नेपालमा कस्तो नजिर बस्ला त ? विचार गर्ने बेला हो । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्न प्रधानमन्त्रीलाई बाटो खुल्ने हो भने यो देशमा हरेक ६ महिनामा प्रतिनिधिसभा विघटनको सिफारिश हुन सक्छ । कांग्रेस सभापतिले चाहेको यही हो त ?
साँच्चै भन्ने हो भने कांग्रेसले विगत झैं मियो पार्टीको भूमिका निर्वाह गर्ने उपयुक्त मौका यही हो । विगतमा जनताले कांग्रेसप्रति भरोशा गरेको कारण नै यही हो । सधै आन्दोलनको अगुवाई गरेकाले लगत्तै भएका सबै चुनावमा कांग्रेसले अग्रस्थान पाएको थियो । देउवाका लागि पनि अहिले इतिहासले एउटा मौका दिएको छ । तर उनी त्यसको महत्व बुझिरहेका छैनन् वा आवश्यक ठान्दैनन् ।
गिरिजाप्रसाद कोइरालाले गरेको आन्दोलनको नेतृत्वले यो देशमा गोरु व्याएको थियो । अर्थात, शेरबहादुर देउवाले विघटन गरेको संसद पुनस्थापना भएको इतिहास हामीसँग छ । देउवाले अहिले त्यही काम गर्न सक्ने थिए । तर उनी त्यसका लागि कुनै रुची नै देखाउँदैनन् । कांग्रेसले आफूलाई जनतासमक्ष पुनस्थापना गर्ने यो गज्जबको अवसर पनि हो ।
किनभने सत्ताधारी ठूलो दल दुई चिरा परेका बेला आफ्नो अलग धारका साथ कांग्रेस अगाडि देखिनुपर्ने हो । तर देउवाको चाहना भने तत्कालै सत्ताभोग गर्नेतिर नै एकोहोरिएको छ । त्यसको थालनी प्रदेश सरकारबाट गर्न उनी लालयित देखिएका छन् । प्रदेश नं. १ र बाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।
त्यसबाट देउवा उत्साही बनेका छन् । यो क्रम संघीय सरकारमा पनि पुग्ने देउवाको अपेक्षा छ । तर उनले यो पक्ष भुलेका छन् कि अहिले आन्दोलनको नेतृत्व गर्ने हो भने कांग्रेस नै ठूलो दलका रुपमा आउने हो । न की ओलीको पुच्छर समाउनुपर्छ ।
कदाचित संसद पुनस्थापना भएन भने नेपालमा कस्तो नजिर बस्ला त ? विचार गर्ने बेला हो । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्न प्रधानमन्त्रीलाई बाटो खुल्ने हो भने यो देशमा हरेक ६ महिनामा प्रतिनिधिसभा विघटनको सिफारिश हुन सक्छ । कांग्रेस सभापतिले चाहेको यही हो त ? त्यसैले देउवाले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनस्थापना हुन्छ भन्ने मान्यताका साथ राजनीतिक अभियान सञ्चालन गरे भने मात्रै लोकतन्त्र र कांग्रेसको समेत भलो हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार