बजार वृद्धि हुँदा पनि आजको मैनवत्ति भने रातो, २००० लाई टेवा बनाउन खोजेको हो ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
पुस १४, २०७७ मंगलबार २१:५७:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-15_jqQXLug1AJ.jpg)
पुष १४, काठमाडाैं । शेयरबजारले थोरै माथिल्लो दिशा समात्दै नेप्से परिसूचक ५ दशमलव ५७ अंकले वृद्धि हुँदै २०१२ दशमलव ८९ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव २८ प्रतिशतले वृद्धि भएकोमा ४ अर्ब ९ करोडको शेयर कारोवार भएको छ ।
बजार थोरै वृद्धि भएपनि बजार २०१६ को विन्दुमा खुलेकोमा बन्द हुँदा २०१२ को विन्दुमा बन्द भएको कारणले गर्दा बजारमा आज रातो मैनबत्ती बनेको छ । आजको मैनबत्ति हेर्दा बजारमा करेक्सन आउने सम्भावना पनि देखिएको छ ।
त्यस्तै आज बजार २००० को मनोवैज्ञानिक रेखा भन्दा माथि बस्न सफल भएको छ । हिजो २००० माथि बन्द भएको बजार आज ईण्ट्राडेमा पनि २००० को विन्दु माथि नै बसेको देखिन्छ । यसको अर्थ २००० को विन्दु एउटा मनोवैज्ञानिक टेवा क्षेत्र बन्न सफल भएको छ तर यो क्षेत्र त्यति बलियो टेवा क्षेत्र देखिएको छैन् ।
यदि केही दिन पनि यही विन्दुबाट नै बजार फर्केको अवस्थामा भने यो क्षेत्र मनोवैज्ञानिक र प्राविधिक टेवाको रुपमा देखिने छ । बजारले १९०० को क्षेत्रलाई भने एउटा राम्रो टेवा भेटेको छ ।
दोश्रो बजार २०१६ को विन्दुमा खुलेकोमा २०३१ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्से परिसुचक २००९ को न्यून विन्दुसम्म पुग्दा बजार बन्द हुँदा भने २०१२ को विन्दुमा बन्द भएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो । नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार