क्राइम ब्रान्चको नाम पर्सा प्रहरी तस्करी गराउन मै ब्यस्त
नेपालबहस संवाददाता
पुस १४, २०७७ बुधबार १:५२:९
१४ पुष, बीरगञ्ज । पछिल्लो अपराध नियन्त्रणका नाममा जिल्ला प्रहरी कार्यालयका प्रमुखले गठन गर्ने क्राइम ब्रान्च टोलीको धन्दा नै तस्करी गराउने देखिन थालेको छ । बिगतमा घुमुवाको नाममा सिभिल ड्रेसमा खटिने यस्ता प्रहरीहरु र तिनलाई खटाउने प्रहरी प्रमुखहरु ज्यादै बदनाम हुन थालेपछि आजकल क्राइम ब्रान्चको नाम दिन थालिएको हो । तर काम भने उही तस्करहरुलाई लाइन दिएर हप्ताबारी र महिनावारी असुल्ने नै रहेको छ ।
हामीलाई प्राप्त पछिल्लो समाचार अनुसार नेपाल र भारत सीमा नाकाहरुबाट अवैध तरिकाले मालसमान आयात निर्यात गर्नको निम्ति तस्कर र प्रहरीको ड्यूटी टोली सीमा नाकामा खटिने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धान शाखाको नामले खटिने गरेको प्रहरी टोलीले तस्कर समुहसँग मोटो रकमको नजराना बुझेपश्चात तस्करीको लाइन समेत रेखदेख गर्ने गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट अपराध अनुसन्धानको नाममा खटिने प्रहरी नायब निरीक्षक सई कमल पंजियार, प्रहरी सहायक निरीक्षक मोहन आले, प्रहरी हवलदार खुसीलाल यादव र प्रहरी हवल्दार पैगम्बर अन्सारी र संचार शाखामा कार्ररयत शिवशकर यादव लगायतको टोलीले क्राइम ब्रान्चको नाममा तस्करीको मालसामान आयात निर्यात गर्न मद्धत पुरयाउँदै आएको आरोप लागेको छ ।
केही बिचौलियाको सहयोगमा तस्करीको मालसामान आयात निर्यात गर्न/गराउनको निम्ति यो टोलीले मासिक लाखौं रुपैयाँ बुझ्ने गरेको तस्करीमा संलग्नहरुले विभिन्न सन्दर्भमा बताउने गरेका छन् । समाचार अनुसार पर्सा जिल्लाको अपराध अनुसन्धान शाखाको संचारमा कार्यरत रहेका शिवशंकर यादवले माथिल्लो हाकिमहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट निस्कने बितिकै तस्करहरुको मोबाईलमा फोन गरी सुराक दिन गरेका छन् ।
श्रोतले जनाए अनुसार एकजना तस्करले आफु पत्रकारको आफ्न्त हो भन्दै सीमा नाकाबाट तस्करीको मालसमान निर्वाध रुपले चलाइरहेको बताए । उनका अनुसार सीमामा खटिएका सशस्त्र प्रहरीलाई पत्रकारको नाम बेच्दै धाकधम्की लगाउने र अपराध अनुसन्धान शाखाबाट खटिएका प्रहरीलाई लाखौं रुपैयाँ मासिक नजराना बुझाएको उनले बताए ।
शान्ति सुरक्षाको नाममा खटिने प्रहरी टोलीले तस्करीको मालसामान चलाउनको निम्ति मासिक लाखौं रुपैयाँ असुल गर्दै आएका छन् । सीमाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएपनि अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरुले तस्करीको लाइन हेर्नुको साथै स्कटीङ समेत गर्ने गरेको रहस्य स्थानीयले बताएका छन् । रातिको समयमा बिभिन्न नाकाहरुमा पुगी लाइन हेर्दै फर्किदा तस्करीको मालसमान आयात निर्यात हुने गरेको स्थानीयले बताएका छन् ।
पर्सा जिल्लाको बिभिन्न नाकाहरुमा घुमुवा टोली पुगी तस्कर समुहसँग मासिक नजराना बुझे पश्चात स्थानीय प्रहरी चौकीहरुले समेत रकम बुझने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आफ्नो क्षेत्रमा पर्ने सबै सीमा नाकाहरुबाट अवैध तरिकाको मालसमान बन्द रहेको दावी गर्ने गरेतापनि उनकै प्रत्यक्ष मातहतमा रहेका प्रहरीहरुले मासिक लाखौं रुपैयाँ नजराना बुझी तस्करीलाई साथ दिएकोे आरोप लागेपछि एसपी पन्तमाथि कम्बल ओढेर घिउ खाने आरोप लागेको छ ।
यसअघि पनि एसपी पन्तले खटाएका इन्सपेक्टर रविभूषण यादव र सई प्रकाश राउत निकै विवादमा परि कारवाहीमा परेका थिए ।
मुलुकमा शान्ति सुरक्षाको नाममा खटिने गरेको नेपाल प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा प्रहरी संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ । संगठनले दिएको निर्देशनलाई धज्जी उडाउँदै पावरको गलत प्रयोग गरी आफ्नो बर्दीलाई कमाई खाने भाडो बनाएका छन । तसर्थ, यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा जनताको विश्वास अरु भत्कने निश्चित प्राय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार