२० दिनदेखि बन्द मध्यपहाडी लोकमार्ग खुल्यो
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार २०:५:५
१५ पुष, गलकोट । चट्टान कटानका लागि २० दिनदेखि जारी मध्यपहाडी लोकमार्गको बन्द आजदेखि हटेको छ । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि कामले तिब्रता पाएको छ ।
मङ्सिर २५ गतेदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत उपल्लाचौर अछेते बिहुँ घोडाबाँधे खण्डको काठेखोला गाउँपालिका–१ स्थित खहरे भीर कटानका लागि दैनिक छ घण्टा सडक बन्द गरिएको थियो । सो खण्डमा हुँदै आएको दैनिक छ घण्टा सडक बन्द खुले पनि चट्टान कटानको काम भने निरन्तर चलिरहने मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।
मंसिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि २५ गतेदेखि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरिएको थियो ।
आजदेखि लोकमार्गको अवरोध हटे पनि केही चट्टानको काम बाँकी रहेकाले लामो समय सवारी आवागमनमा बाधा नपर्ने गरी काम गर्न भनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजेसम्म गरी दैनिक छ घण्टा बन्द गरेर चट्टान कटान भइरहेको थियो । चट्टान कडा भएका कारण २० दिनमा नसकिएकाले कामलाई निरन्तरता दिए पनि सवारी आवतजावत गर्न दिइने मध्यपहाडी पुष्पलाल लोकमार्गका इन्जिनीयर उज्ज्वल शर्माले बताए । सवारी साधन कम गुड्ने समयमा चट्टान काट्ने गरी समन्वय भइरहेको शर्माको भनाइ छ ।
बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय उपलव्ध गराइएको थियो । ठेकेदारले काममा ढिलाइ भएकामा आत्मालोचना गर्दै अबको छ महिनाभित्रै सो खण्ड कालोपत्रे गर्ने गरी कामलाई तीब्रता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार