तपाईको आजको राशिफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार ११:२७:७
वि.सं. २०७७ साल पौष १६ गते । बिहीबार इ.स.२०२० डिसेम्बर ३१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । तिथी– प्रतिपदा,०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–पुनर्वशु,२० बजे १२ मिनेट उप्रान्त तिष्य । योग– ऐन्द्र,१५ बजेर ४५ मिनेट उप्रान्त विष्कुम्भ । करण–कौलव,०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,२१ बजेर २४ मिनेट उप्रान्त गर । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन,१४ बजेर ०२ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेटमा,सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २५ घडी ५४ पला । कोका कौशिका संगममा मेला । राष्ट्रिय मेलमिलाप दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- छोटो यात्रा भएपनि उपलव्धी कमै हुनेछ । बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक रुपमा पछि परिनेछ । प्रतिस्पर्धामा बढि नै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर साबित हुने योग रहेकोछ । मायाप्रेममा अरुकै कुरा सुन्ने बानिले समस्या निम्तन सक्छ । अग्रजबाट हुने फैसला तपाईको पक्षमा नहुन सक्छ । दाजुभाईसँग घरायसी कुरामा बिवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । साझपख समय मध्यम रहेकोले दाजुभाईसँग मनमुटाब बढ्ने योग रहेकोछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- नयाँ प्रविधिको प्रयोग गरि व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाईलेखाईमा सुधार भएर जानेछ भने मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरुले नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानी गर्नेहरुले समयको सुक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेकोछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्याउनाले व्याबहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाईनाले हर क्षेत्र डामाडोल हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- सवारीसाधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । साझपख लामो यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- दिनभर श्रम गरे पनी उचित प्रतिफल नपाउदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि भने जस्तो आम्दानि नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडथुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । पैत्रिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेकोछ । प्रेममा धोका हुनसक्छ ख्याल गर्नुहोला ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- पढाइ लेखाइ बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने नया ठाउमा लगानी गर्ने बाताबरण बन्नेछ । मायाप्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ । साझपख व्यापारमा मन्दि आउनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् भने आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ध्यान दिनुहोला रुपैया पैसा लिएर फरार हुन सक्छन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने कामको चापले शरिरमा थकाईको महशुस हुनेछ । साझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने पढाईलेखाईमा सुधार भएर जानेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- बिभिन्न कारणले पढाईलेखाई प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेको छ । लगानी गर्दा साझेदारहरु बीच मतभेद बढ्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा नजिक हुँदा बिवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको बिकास हुनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेकोछ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । साझपख समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । स्कुल,कलेज बैक तथा बित्तिय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपाहार तथा बिलाशी वस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढवा हुने योग रहेकोछ । बंश बृद्धिको योगलाई नकार्न सकिदैन । साझपख समय मध्ययम रहेकोले प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- मायाप्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथिको असहयोगले कामहरु समयमा सम्पन्न हुने छैनन् । राजनिति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धी न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । साझपख समय राम्रो रहेकोले मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार