अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

नेपालबहस संवाददाता
पुस १५, २०७७ बिहिबार २:९:२७

१५ पुष , काठमाडौं । प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अपहरणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले-कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मंगलबार इलाममा पक्राउ गरी आज काठमाडौंमा सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले विसं २०६५ मा वुढाथोकीसहितको समूहले रावलसँग रु एक करोड ५० लाख फिरौती मागेर बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए । तत्कालीन समयमा रावललाई अपहरण गर्नेमा बुढाथोकीसहित बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की, विकास गुरुङ, प्रल्हाद महत र विष्णु जिसी रहेका थिए ।
बन्धक बनाएर फरार रहेका बुढाथोकी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’ हुने
फागुन १३, २०८१ मंगलबार
ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
फागुन १२, २०८१ सोमबार
साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार