धनुषामा ट्रक एकापसमा ठोक्किदा दुईको मृत्यु

नेपालबहस संवाददाता
पुस १५, २०७७ बिहिबार २:४९:७

१५ पुष ,धनुषा । पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर शून्य जिडी ८८५९ नम्बरको भारतीय ट्रक आज एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याङ्कर चालक मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय अर्जुनकुमार मण्डल र ट्रक चालक भारत विहार राज्य चम्पारण जिल्ला गमहरिया पञ्चायत बस्ने २० वर्षीय रङ्गिला कुमारको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । गम्भीर घाइते चालक मण्डललाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र ट्रक चालक रङ्गिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै ट्याङ्करका सहचालक मोरङको धनपाल गाउँपालिका–३ बस्ने २२ वर्षीय धनराम यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने ट्रकका सहचालक भारतीय नागरिक जावेद आलमको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्करबाट ट्याङ्कर र ट्रकको अगाडिको भाग पूर्णरुपमा क्षतविक्षत भएको छ । घटनाको विवरणअनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४च ९३१७ नम्बर पिकअप बोलेरोले पश्चिमबाटै डिजल बोकेको ट्याङ्करलाई ओभरटेक गरेर अगाडि बढ्ने क्रममा पूर्वबाट आइरहेको भारतीय ट्रकमा ठोक्किन पुगेपछि ट्रक चालकको सन्तुलन बिग्रिएर ट्याङ्करमा ठोक्किएको अनुमान गरिएको छ । सो दुर्घटनामा पिकअप बोलेरो गाडीमा पनि क्षति पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
काठमाडौंबाट ओखलढुंगा हिँडेको यात्रु बस काभ्रे भन्ज्याङमा दुर्घटना, १७ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ५ घाइते
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार