लोकतन्त्र, ओलीको दिवास्वप्न र कांग्रेसको भूमिका
इन्द्र रिजाल
पुस १६, २०७७ बिहिबार १९:३:४१
इतिहास साक्षी छ, नेपाली कांग्रेस र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन् । २००७ सालमा राणाशासन अन्त्य गरि प्रजातन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्वदेखि नै नेपाली कांग्रेस जनताको सार्वभौमिकताको लागि संघर्ष गर्दै आएको छ । ०७ सालको आन्दोलनपछि प्राप्त लोकतन्त्र ०१७ सालमा राजाले ‘कु’ गरि अपहरण गरेपनि लोकतन्त्रप्रतिको कांग्रेसको अभियान रोकिएन ।
०४६ सालमा पुर्नस्थापना भएको प्रजातन्त्र फेरी राजाले खोसे । लोकतन्त्र यसरी पटक पटक ‘महाराज’बाट अपहरण भैरहेपछि दोस्रो जनआन्दोलनका कमाण्डर हाम्रा स्वर्गीय नेता गिरिजावावुले ‘अब कसैले खोस्न नसक्ने गरि लोकतन्त्र ल्याउन आन्दोलन’ गर्न आव्हान गरेका थिए । जनता सडकमा आए, लोकतान्त्रिक गणतन्त्र पनि स्थापना भयो । जनताले चुनेका सार्वभौम संविधानसभाले २०७२ मा जारी गरेको संविधानले जनआन्दोलनको म्यान्डेड अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्यो ।
गिरिजाबाबुले भनेझै लोकतान्त्रिक गणतन्त्र त स्थापना भयो । राजा, महाराजाले खोस्न नसक्ने गरि संस्थागत पनि भयो तर, लोकतन्त्रको आवरणमा निरंकुशताको आकांक्षा राखेका कम्युनिष्ट नेता केपी ओलीले खोस्ने दिवास्वप्न देख्न थाले । कमरेड ओलीले आफ्नो असली चरित्र समयमै देखाएका छन् । हो, अहिले नेकपा सरकार अलोकप्रियताको चरम शिखरमा छ ।
त्यसमाथी नेकपा आफैपनि विभाजित मानसिकतामा छ । दुइटा पार्टी बनेका छन् । यो समयमा हुने निर्वाचन कांग्रेसको हकमा अनुकुल नै हुन्छ । तर, लोकतन्त्र र संविद्यान भन्दा माथि सत्ता होइन । संविधानले नै कल्पना नगरेको यस्तो निर्वाचनले अस्थिरतालाई संस्थागत गर्छ । र, कालन्तरमा फेरी लोकतन्त्रकै घाटी नेमोठिने अवस्था सिर्जना हुँदैछ ।
लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गर्दा हाम्रा नेताहरुले स्थापना गर्न खोजेको तन्त्र अहिलेको ओलीतन्त्र थिदै थिएन । संविधानको अक्षर र भावना दुवै यस्तो थिएन । तर, राष्ट्रपति आफ्नो ‘कोटरी’कै सदस्य हुन् भन्दैमा ओलीले मनपरि गर्नु कदापी क्षम्य हुन सक्दैन ।
कांग्रेस यसको विरुद्ध सडकमा ओर्लिसकेको छ । फेरि पनि इतिहास नै साक्षी छ, सडकमा ओर्लेको कांग्रेस यस्ता तानाशाहलाई ठेगान लगाएर मात्रै फर्किन्छ । (लेखक भट्टराई नेपाली कांग्रेसका युवानेता एवं महाधिवेशन प्रतिनिधि हुन्)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार