सरकारको हठवादीतामा अस्ताएको बबुरो किसान
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार २२:१:१५
१६ पुष, काठमाडाैं । कम्युनिष्ट सरकार भएको देशमा आज एउटा किसानको छोरो मर्यो । पसिनाको मूल्य माग्न आएको एउटा नेपाली छोरो मर्यो । तिनै नेतालाई मन्त्री प्रधानमन्त्री बनाउने एउटा यान्त्रिक मानव मर्यो । अनि मर्यो एउटा असहाय परिवारको बाँच्ने सहारा मर्यो, हाँस्ने खुसी मर्यो, परिवारको मुखमा माँड लिएर आउने आहारा मर्यो ।
अनि मर्यो तमाम उखु किसानको परिश्रमको मुल्य लिएर आउछु है भनेर राजधानी उक्लिएको गाउँका तमाम किसान मजदुरको आशाको त्यान्द्रो मर्यो । भरोसा र उत्साहको एउटा दर्हो डोरो मर्यो । नेपाल आमाको एक होनहार छोरो मर्यो ।
लाखौ रुपैयाँको बैंकको ऋण तिर्न नसकेर, सिधैं उखु ब्यापारीको घरमा छिर्न नसकेर, गाँउ र जिल्लामा गरिएका सयौं आन्दोलनले समेत सरकारको ध्यानाकर्षण गर्न नसकेर सरकारकै आँगनमा गएर आफ्ना समस्या र गुनासाहरु पोख्न आएका बबुरा किसानहरुको आवाज यो बहिरो सरकारले सुनेन । किसानका समस्याहरुमा वर्तमानको सरकारको आँखा कहिल्यै पुगेन । साहुको ऋण र बैंकको ऋणले उठनै नसक्ने गरी थलिएका उखु किसानहरुको लाश अब काठमाडाैंका गल्लि-गल्लीमा छरिनेछन् । सत्ताको रसस्वादनमा मात्रै रुमलिरहेको मख्खीचुसहरुको जमातले कहिले किसान र मजदुरका आवाज सुन्ने हुन ?? कति किसान मरिसकेपछि मात्रै यिनका बन्द भएका आँखा खुल्ने हुन ??
सरकारलाई यसले केही फरक पार्दैन । किसानले गरेका आन्दोलनले बर्तमान कामचलाउ सरकारको माखो समेत मार्दैन । ऋणमा डुवेको किसनालाई माथि उठाउने, किसानका आन्दोलनमा समर्थ जुटाउने, किसानलाई कसरी शाहु महाजनको चक्रबृत्ति ब्याजबाट छुटाउने, किसानका आवश्यकतामा कसरी राष्ट्रिय एकता जुटाउने, किसानका उत्पादनमा कसरी न्यायोचित मूल्य उपलब्ध गराउने भन्ने जस्ता अनगिन्ती विषयहरुमा बर्तमान सरकार अनभिज्ञ छ यो सरकार रहुञ्जेल यो समस्या रहिरहने देखिन्छ ।
नागरिकका अधिकार कसरी कुण्ठित गर्दै बालुवाटारको बसाई लम्ब्याउने ?? आफ्ना विरोधिलाई कसरी ठेगान लगाउने र पार्टिमा दाँदे लगाएर कसरी आफ्ना बिरोधिहरुलाई सम्याउने ?? आफ्ना आसेपासेहरुलाई कसरी कमाउने बाटो मिलाउने ?? भन्ने कुरा मै बर्षौ बिताउनु परे पछि, देशको बिकासको गति उकालो लाग्न छोडेर निरन्तर ओरालो तर्फ झरेपछि, आफन्तकै नजरमा असाध्यै नराम्रोसँग गिरेपछि सरकारलाई यस्ता नाँथे किसान मजदुरको आन्दोलनको हावाले के छुन्थ्यो ?? मजदुर पसिनाको मूल्य नपाएर सडकमा आउँदा मन के रुन्थ्यो ?? एउटा किसानको छोरो राजधानिकै सडकमा पसिनाको मूल्य खोज्दै किन अकालमै मर्थ्यो ??
मर्यो त एउटा नाँथे मजदुर मर्यो । यस्ता किसान मजदुर दिनदिनै कति मर्छन कति जन्मन्छन् । यस्ता वेतुकका विषयमा सरकार जस्तो निकायमा बस्ने व्यक्तिहरुले किन ध्यान दिन पर्यो ?? हामी त समृद्ध नेपाल सुखी नेपाली बनाउन पो हिडेका । आफ्ना आसेपासे भन्दा अरु कोहि पनि छैन हामिले चिनेका । आज मरेको किसान हाम्रो पार्टीको कार्यकर्ता हो कि होईन ?? छानविन हुन्छ । हाम्रै पार्टीको कार्यकर्ता रहेछ भने पक्का हो उ किसान आन्दोलनको पहिलो सहिद बन्छ । हैन भने जस्को बाउ हो उसैको छोरो रुन्छ हामिलाई के हुन्छ ??
जे भए पनि आफ्नो अधिकार र श्रमको मूल्य खोज्न सरकार खोज्दै राजधानी आईपुगेको सर्लाही धनकौल गाउँको एउटा दूर दराजको छोटवल टोलको एक ईमान्दार र लाखौ नेपाली जनताको आशाको केन्द्रबिन्दू रहेको एउटा होनहार उखु किसान नारायण राय यादवले आज सरकारकै आँगनमा मृत्युवरण गर्नु परेको छ । यसले एउटा व्यक्तिभन्दा पनि सिंगो किसान आन्दोलनको बदनाम गरेको छ । यसले किसान र मजदुरको पार्टी र सरकार हौ भनेर फुँई हाक्ने महामहिमहरुको समेत कुबेलामा बुद्धि बङ्गारा झरेको छ । अरु त के नै पो दिन सक्छु र नारायण राय यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
(यज्ञप्रसाद भट्टराईकाे सामाजिक संजालबाट)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार