राजसंस्था पुनःर्स्थापनाको नारासहित भोली राप्रपाको जुलुस
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार २३:१:४१
१६ पुष, काठमाडौं । राजसंस्था पुनःर्स्थापनाको नारा मुख्य एजेण्डा सहित भोली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जुलुस निस्कने भएको छ ।राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान कन्त बिजोगको एक प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रप्रमुख रहने व्यवस्था भएकोले राजसंस्थालाई पुनःर्स्थापना गर्नु पर्ने धारणा अघि सारेका छन् ।
‘मलुकमा व्यवस्था सुधार गर्न, हिन्दु राष्ट्र पूनस्र्थापना गर्न र राजसंस्थालाई आलङकारिक रुपमा राष्ट्रप्रमुख पूनस्र्थापना गर्नु आवश्यक भएको छ,’ अध्यक्ष राणाले भने । यही उद्देश्य प्राप्त गर्न राप्रपाले पुष १७ गते, काठमाडौंमा विशाल जनप्रदर्शनको आयोजना गरेको छ ।
दलीय प्रतिनिधिलाई राष्ट्रप्रमुख बनाउनुको सट्टा, त्यो पद र तहमा राजसंस्थालाई पुनःर्स्थापना गर्नु पर्नेमा राणाको जोड छ । राप्रपाद्वारा आयोजित विशाल जनप्रदर्शनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै राणाले सो विचार सार्वजनिक गरेका हुन् ।
राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पूनस्र्थापना, गोलमेच सम्मेलन, भ्रष्टाचार नियन्त्रण, तीन तहको अव्यवहारिक कर खारेजी, महिला हिंसा र छुवाछुतको अन्त्य, वञ्चित र विपन्नलाई आरक्षण, कोभिड व्यवस्थापन लगायतका माग राख्दै सडक प्रदर्शन आयोजना गरेको हो । शुक्रबार ११ बजे भृकुटीमण्डपबाट आरम्भ हुने जनप्रदर्शनमा सहभागी हुन अध्यक्ष राणाले सम्पूण देशभक्त नागरिकहरुलाई आह्वान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार