राष्ट्रिय सभाको सातौं अधिवेशन भोलिदेखि शुरू हुँदै
नेपालबहस संवाददाता
पुस १६, २०७७ शुक्रबार ०:३१:२०
१६ पुष, काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन भोलि अपराह्न ४ बजेदेखि शुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा राष्ट्रिय सभा बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकका लागि कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गरेको छ । समितिको बिहीवार बसेको बैठकले कार्यसूची तय गरेको हो ।
हेर्नुहोस्, कार्यसूची :
१. अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र
२. मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र
३. अध्यादेशहरू
४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७
५. थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरू
६. राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन
अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट दलका नेताहरूको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त हुनेछ ।
छैटौं अधिवेशनपछि हालसम्म निधन हुनुभएका संघीय संसद्का सदस्य तथा पूर्व सांसदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार