संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुन्छ : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
पुस १६, २०७७ शुक्रबार २:२२:६
१६ पुष, गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । कांग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।
प्रतिनिधिसभा भङ्ग भएपछि अन्तरराष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट गरे। निर्वाचनमा गए कांग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर उनले गरे । कांग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उहाँले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताए ।
वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न पाइँदैन भने । सो अवसरमा पूर्वसभामुख एवं कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले प्रतिनिधिसभा विघटनले नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गर्दै त्यसको पुनःस्थापना नै अहिलेको उपयुक्त विकल्प हुने बताए ।
कांग्रेस नेता शुक्रराज शर्मा, पूर्वमन्त्री एवं आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतले देश संकटमा परेका बेला बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अवलम्बन गरेको बताउँदै वर्तमान सन्दर्भमा पनि यसको उत्तिकै सान्दर्भिकता रहेकामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार