कमलादीमा ओली पक्षको वृहत् भेला : कालो मास्क र गलबन्दी फुकालेर मात्रै प्रवेश
नेपालबहस संवाददाता
पुस १८, २०७७ शनिबार १९:५२:१७
१८ पुष, काठमाडौं । केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान ‘कमलादी’ मा भेला आयोजना गरेको हो।
भेलामा नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायत उपस्थित भइसकेका छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिलेसम्म आइपुगेका छैनन्। भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।
कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका नेताहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार