तपाईको आजको राशिफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार ११:४०:३५
वि.सं. २०७७ साल पौष १९ गते । आईतबार इ.स.२०२१ जनवरी ०३ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । तिथी– चतुर्थी,०७ बजेर ५९ मिनेट उप्रान्त पञ्चमी,३० बजेर ३८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मघा,२० बजे ०० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–प्रिती,१० बजेर ४६ मिनेट उप्रान्त आयुष्मान । करण– बालव,०७ बजेर ५९ मिनेट उप्रान्त कौलव,१९ बजेर २२ मिनेट उप्रान्त तैतिल,३० बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेटमा,सूर्यास्त १७ बजेर १९ मिनेटमा । दिनमान २५ घडी ५७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- सवारीसाधनको व्यापार व्यवसायमा अली बढी मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अली बढिनै मेहनेत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाईन सक्छ । तरपनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिने छ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो): असजिलो परिस्थिती हरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेको छ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । मायाप्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्बसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यावहार गर्नुपर्नेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिना नै महत्वपूर्ण काम शुरु गर्दा बिग्रनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ । तरपनि विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिने छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकता पूरा गर्न सकिने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पतिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेको छ । नया काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तीको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तीको लागि चालिने पाईलाहरु सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाईलेखाई अरुभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिने छ । प्रेममा नजिक हुने समय रहेकोछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- सामाजिक काम गरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यवसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ, भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाईलो यात्राको तय हुनेछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिने छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार