यो वर्ष राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ डिजिटलमा
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २०:३८:७
१९ पुष, काठमाडाैं । नेपाल र अमेरिकामा चर्चित रहेका फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ कोभिड–१९ को महामारीले गर्दा डिजिटलमा उपलब्ध भएको छ। नेपाल हुँदै अमेरिकामा पनि प्रत्येक वर्ष प्रकाशन हुँदै आएको क्यालेन्डर यो वर्ष डिजिटल रुपमा प्रकाशन भएको राजिब श्रेष्ठले बताएका छन्।
एक बर्ष अवधिमा खिचेका फोटोहरुमध्ये उत्कृष्ट र आकर्षक फोटाहरु समाबेश गरिएको नयाँ बर्ष २०२१ को ग्लाम क्यालेन्डर राजिब श्रेष्ठको आधिकारिक सामाजिक संजाल facebook.com/rajivshrestha, Instagram.com र rajivshresthaphotography मा उपलब्ध छन्।
सामाजिक दुरी कायम गर्नु पर्ने भएकोले ग्ल्याम फोटोग्राफी गर्न पनि गाह्रो भएको श्रेष्ठले बताएका छन्। हरेक महिनाको पानामा एक मोडललाई प्रस्तुत गरिने ग्लाम क्यालेन्डर २०२१ मा नेपाल र अमेरिकाको ३ जना मोडल मात्र समावेश भएका छन्। समावेश भएको मोडलहरुमा नेपालबाट मिस नेवा शोभा महर्जन र २०२० मा अमेरिकाबाट चर्चित कला न्यौपाने रहेका छन्।
ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले बिमोचन गरेका थिए भने २०१९ क्यालेन्डर ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले गरेका थिए। २०२० को क्यालेन्डर नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम बिश्वोकर्माका साथै नेपाल अमेरिका फिल्म सोशाईटीका अध्यक्षपूर्णसिंह बराईली, मिस नेपाल यु एस ए सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्तरुपमा गरेका थिए।
राजिव श्रेष्ठको फोटो ग्राफी कलाले नेपाल र नेपाली संस्कृतिलाई जोड्न सहयोग पुग्ने कुरा यस क्षेत्रका व्यक्तित्वहरुले बताउने गरेका छन्। झट्ट हेर्दा मोडल र ग्ल्यामर होला तर राजिव श्रेष्ठको मोडलिङ्ग फोटोग्राफीले नेपालमा एउटा नयाँ आयाम ल्याएको थियो, अब यो क्रम अमेरिकामाको नेपाली माझ पनि स्थापित भएको पाएँ भर्जिनिया निवासी व्यवसायी भरत बराइलीले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार