पर्साका २ सय अति बिपन्न दलितको पक्की घर बन्ने
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २१:८:१३
१९ पुष, वीरगञ्ज । पर्साका २ सय अति बिपन्न दलितको पक्की घर बन्ने भएको छ । भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न-२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा न.२ पिपरामा डोम जातिका ब्यक्तिको घर निर्माण गर्न आज एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले शिलान्यास गरेका हुन् ।
प्रदेश सरकार को दलित को बस्ती मा पक्की घर ‘जनता आवास’कार्यक्रमलाई सार्थक बनाउन शहरी बिकास तथा भवन कार्यालय बिरगंजको आयोजनामा शिलान्यास कार्यक्रम सप्पन्न भएको हो । शहरि भवनका कार्यालय प्रमुख राजेन्द्र प्रसादको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी जनता आवास कार्यक्रम पर्साका संयोजक माननिय रमेश प्रसाद कुर्मीले पहिलो चरनमा पर्साका २०० अति बिपन्न दलितको पक्की घर बनाउने बताए।
कार्यक्रम मा पुर्ब मन्त्री माननिय करिमा बेगम, माननिय भिमा यादव , जनता समाजबादी पार्टी का केन्द्रिय सदस्य द्वय शिव पटेल, रामचन्द्र पडित,पर्सा का सचिव द्वय राजेश साह, श्रीराम जि गिरि, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा,निशेश यादव, जितेन्द्र पटेल, नगर अध्यक्ष कृष्ण यादव, सदस्य मनोज पटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रत्येक घरधुरी सरकारले तीन लाख पचास हजारको बजेट बिनियोजन गरेको जनाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार