गोठालाहरुको चौतारे गफ र ओली राजनीति
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार १७:३७:४३
नेपालमा विकसित राजनीतिक घटनाक्रम र पछिल्ला राजनीतिक गतिबिधिहरुको अध्ययन गर्दा लाग्छ, यी सबै कुराहरुमा वर्तमान प्रधानमन्त्रीकै महत्वपूर्ण हात छ । अझ पछिल्ला राजनीतिक गतिबिधिहरु हेर्दा लाग्छ, प्रधानमन्त्रीलाई अध्यारो कोठामा बसेर यी सबै कुरा गर्न अभिप्रेरित र उक्साहट गराउनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि असाध्यै दर्बिलो साथ छ ।
देउवाको साथसाथै देशको कानूननको रखवाला गरिरहेका वर्तमान श्रीमानकाे पनि बडिल्याङ्गवेज हेर्दा र उनका हर्षमिश्रित अभिब्यक्तिहरु हेर्दा लाग्छ, कतै उनकै आईडियामा वर्तमान प्रधानमन्त्री चलिरहेका त छैनन ? भन्ने अनुमान लगाउन सकिने प्रशस्तै आधारहरु पनि देखिन्छन् । वास्तवमै प्रधानमन्त्रीका चार सल्लाहकार मध्येका एक श्रीमान पनि हुन कि भन्ने नेपाली जनताको अनुमान छ ।
ब्यक्तिगत स्वार्थ भन्दा कहिल्यै माथि उठनै नसक्ने र आफ्नो स्वार्थ र प्रधानमन्त्रीको कुर्सीका लागि पार्टी नै फुटाउन समेत पछि नपर्ने नेपालका नामूद राजनीतिक खेलाडीहरुमा आफुलाई दर्ज गराईसकेका केपी ओली र नेपाली कांग्रेसका सभापति देउवाले यदि अघोषित साँठगाँठ गरेको भए त्यो पानीको फोका झै निकट भविष्यमै फुटेर जाने निश्चित छ । हैन ओलीको ब्यक्तिगत लहड र हठवादिताको पराकाष्ठ हो भने नेपाली राजनीतिबाट ओली पनि सदाका लागि बढारिएर जाने कुरामा समेत दुईमत छैन ।
जनताको उन्नति र प्रगतिका पक्षमा कहिल्यै राष्ट्रिय एकता नजुटने नेपालमा अरुण तेश्रो फ्याँक्न राजनीतिक सहमति जुटने गर्छ, महाकाली सन्धि गर्न नपाउँदा राजनीतिक दल नै फुटने गर्छ । भोकमरीमा परेर जनता सडकमा भात माग्न टपरी थापिरहँदा देशका महामहिमहरुको जन्मोत्सवमा हेलिकप्टरले केक बोकिरहेको हुन्छ ।
प्रधानमन्त्री ओलीका वर्तमानमा आएका अभिब्यक्तिहरु हेर्दा लाग्छ, उनी देशको वर्तमान राजनीतिलाई केटाकेटी पाराले लिईरहेका छन् । उनका पटक पटकका अभिब्यक्तिहरु एक नेताका उत्कृष्ट भनाईहरु भन्दा पनि गोठालाहरुको चौतारे गफभन्दा निकृष्ट प्रकारका देखिदै जान थालेका छन् । हिजो आफ्नै पार्टीको आन्तरिक छलफल र बैठकहरुमा जानै नसक्ने, गए पनि बस्नै नसक्ने, सधैं बेडरेष्ट मात्रै गरिरहनु पर्ने प्रधानमन्त्री अहिले होटेल होटेल चाहार्दै, केही समर्थकहरुको जत्थामा रमाउन थालेको देखिदैछ ।
हिजो पुष्पलाल र मदन भण्डारीले जोगाएर राखेका आफ्नै दलका हजारौं नेता तथा कार्यकर्ताहरु आज अर्कै चिलले कुखुराको चल्ला टिपेझै आफ्नै आँखा अगाडिबाट टिपेर लैजाँदा समेत उनमा कुनै चिन्ता र पिरको आभाष देखिदैन । वास्तवमा यो राजनीतिक नेतृत्वमा रहेको महान राजनीतिज्ञमा देखिने लक्षण भने पटक्कै होईन ।
कुनै समयमा भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने हो भने अहिलेको स्थानीय तह नै खाली हुन्छ । निर्मला पन्तकाे जस्ताे बलात्कार र हत्याका घटनाहरु त निरन्तर भैहन्छन् भन्ने विवादास्पद बक्तब्य दिनेदेखि गोकुल बाँस्कोटाको ७० करोडको अडियो टेप प्रकरणको जिम्मा लिनेसम्मका ब्यक्तिहरुको माझबाट अब कस्ताे राजनीतिक दल जन्मिएला ? निर्वाचनमा ओलीका तर्फबाट अब कस्ता अनुहारका ब्यक्तिहरु निर्वाचनमा उम्मेदवार भएर अन्मिएलान ?
जनताले दिएको बडेमानको बहुमत समेत राम्ररी जोगाउन नसक्ने ओलीले अब कस्तो नीति र कार्यक्रम लिएर फेरी नेपाली जनताको ढोका ढक्ढक्याउलान ? फेरी कुन मुख लिएर जनताका आँगनमा भोट माग्न आउलान ? कस्ता र कुन नेपाली जनताले ओली नेतृत्वको दललाई भोट लाउलान ? धेरै अनुत्तरित प्रश्नहरुको छिनोफानो गर्ने दिन पनि अब दलान मै आईपुगी सकेको देखिन्छ ।
अरुलाई होच्याएर आफु महान बन्न खोज्ने चार्लिच्याम्पेन खेलबाट आउट भएझै या रत्नपार्कमा औषधि बेच्ने ब्यापारीको हालतमा आफै त पुग्ने हैनन ? आफ्नै उखानटुक्का आफैलाई गलपोसो त हुने हैनन् ? त्यो भने हेर्न बाँकी नै छ ।
हुन त नेपाली राजनीतिमा सधैं जे नहुनु पर्ने हो, जे नगरिनु पर्ने हो, जे जे कुराहरु राजनीतिमा नसुहाउने प्रकारका देखिन्छन्, त्यस्तै त्यस्तै प्रकृतिका बिषयहरु भएका र गरेकाे हेर्न र देख्न पाईन्छ । जनतालाई जाउलो खुवाउने भन्दा बढी जनतालाई रुवाउने खालका राजनीतिक गतिबिधि मात्रै गर्दै आएका नेपालका राजनीतिक दलहरुबाट नागरिकका पक्षमा कुनै गतिला उपलब्धिहरु फ्याट्टै निस्किहाल्ला भन्ने आशा गर्न पनि सकिदैन ।
जनताको उन्नति र प्रगतिका पक्षमा कहिल्यै राष्ट्रिय एकता नजुटने नेपालमा अरुण तेश्रो फ्याँक्न राजनीतिक सहमति जुटने गर्छ, महाकाली सन्धि गर्न नपाउँदा राजनीतिक दल नै फुटने गर्छ । भोकमरीमा परेर जनता सडकमा भात माग्न टपरी थापिरहँदा देशका महामहिमहरुको जन्मोत्सवमा हेलिकप्टरले केक बोकिरहेको हुन्छ । भित्रभित्रै कुहिएको फर्सी झैं नेपालका राजनीतिक दलहरुको बाहिरी आवरण भने सुनको लेपनले मोडिएर पहेंलो नै देखिएको हुन्छ । जसले जे सुकै गरोस्, कुनै प्रवाह छैन । अब किनकि यिनीहरुको नौटङ्कीले सधैं नेपाली जनताहरुकै ढाँड सेकिरहेको हुन्छ ।
हात्ती जोडन सक्नेसम्मको अदभूत सामर्थ्य राख्ने चिनियाँ फेबिकोल बोकेर बालुवाटार र खुमलटार छिरेका चिनियाँ सिकर्मीहरुको अथक प्रयासले पनि दाहाल र ओलीलाई जोडन सकेन । यान्छी र कान्छीसम्म लाग्दा पनि दाहाल र ओली बीचको बिमतिको घडा फोड्न सकेन । दर्शकदीर्घामा आफ्नै दलका सभासदहरुले पनि पार्टी भित्रको चरम गुटबन्दी र नेतृत्व तहको निरन्तरको विवादमा चूँ सम्म पनि बोल्न सकेनन् । एउटा ओलीलाई समेत सही ट्याकमा ल्याउन नसक्ने नामर्दहरुले भएको र छँदाखाँदाको घर भत्काएर अरुलाई पनि बेघर बनाई दिए अनि आफुपनि सुकुम्बासी भएर रित्तो हात निस्केर गए ।
नाटकको पर्दामा देखिने रङ्ग र वास्तविकतामा देखिने जीवनमा फरक छुट्याउन नसक्दा नेकपा नामकाे पार्टी जन्मिएर न्वारान गर्न समेत नपाउँदै (महाधिवेशन) मरेर गयो । जनतामा पलाएको आशाको मुना उम्रिनै नपाई सढेर गयो । एमाले र माओवादी नामका पार्टी बिलय भएर बनेको नेकपा पनि अल्पायूमै बिसर्जनको बाटोमा पुगेपछि अब नेपालको कम्यूनिष्ट आन्दोलनको आगामी कार्यदिशा लेख्नसक्ने पुष्पलाल र मदन भण्डारी जस्ता नेता जन्मिन पनि अझै लामो समयसम्म कुर्नुपर्ने देखिन्छ ।
हुन त संघीयता र गणतन्त्र न त ओलीले लडेर ल्याएको हो, नत बाउले अंशमा नै दिएको हो । त्यसैले ओलीले आफ्नाे बालहठ झैं गरेर जहिले मन लाग्यो, त्यहीले खारेज गर्ने, संशाेधन गर्ने, उल्ट्याउने, पल्ट्याउने, कुल्चिने र बदनाम गर्ने कुनै पनि कुरा गर्न सक्ने छैनन् । आफ्नै दलमा मिलेर जाऔं भन्ने बिशाल हृदयका धनि नेतृत्व तहलाई समेत सुतेरै तह लगाए भन्ने संझिएका बहुलठ्ठिपनका द्यौतकका रुपमा नेपाली जनताले प्रधानमन्त्रीको रुपमा उपहार पाएका ओली अब बालुवाटारबाट बाहिर निस्कँदा न त किसुनजीको जस्तो श्रद्धा पाउनेछन्, न त मनमोहनको जस्तो सहानुभूति ।
न त गिरिजाबाबुको जस्तो निडरताको उपमा पाउनेछन् न त प्रचण्ड, नेपाल, झलनाथको जस्तो राजनीतिक ईमान्दारिताको पुरूस्कार । पाउने छन् त नेपाली जनताको मनमा बोक्नै नसक्ने गरिएको उनीप्रतिको तिरस्कार । अरुलाई होच्याएर आफु महान बन्न खोज्ने चार्लिच्याम्पेन खेलबाट आउट भएझै या रत्नपार्कमा औषधि बेच्ने ब्यापारीको हालतमा आफै त पुग्ने हैनन ? आफ्नै उखानटुक्का आफैलाई गलपोसो त हुने हैनन् ? त्यो भने हेर्न बाँकी नै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार