पोखरा लेकसाइड नहरमार्गको ढलान बाटो शिलान्यास
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २१:१८:५८
२० पुष, पोखरा । प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा महानगर वडा नं ६ स्थित नहरमार्गको ढलान बाटो शिलान्यास गरेका छन् । करीब ५०० मिटर लम्बाइ रहेको सो ढलान बाटो गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको रु ४७ लाख ७० हजारको कूल लागतमा सम्पन्न हुने बताइएको छ । सो बाटोको परिधि कन्स्ट्रक्सनले पाँच महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको नहरमार्ग बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालले जानकारी दिए ।
बाटो शिलान्यास गर्दै पहारीले पर्यटकीय शहर पोखराको लेकसाइडलाई थप आकर्षक गराउन पूर्वाधार विकासका लागि आफू उत्तरदायी भएर लागिरहेको बताए ।
गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर दिनेश घिमिरेले योजनामा भएका कमजोरी सुधार गर्दै समयमा काम सम्पन्न गर्ने जानकारी दिए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास मात्रै नभई समयअनुसार यसको रुपान्तरणमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
पोखरा–६ का वडाध्यक्ष जगत पहारीले विकास निर्माणका कार्यमा सबैको एकता र सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा होटेल एसोशिएसन नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठी, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष कृष्ण आचार्यलगायतले निर्माण समयमै र गुणस्तरीयरुपमा हुनुपर्नेमा जोड दिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार