ललितपुर महानगरपालिकाद्धारा ट्राफिक प्रहरीलाई रबर कोन हस्तान्तरण
नेपालबहस संवाददाता
पुस २०, २०७७ सोमबार २१:२८:५९
२० पुष, ललितपुर । ललितपुर महानगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी महाशाखालाई रबर कोन हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई २०० थान रबर कोन, एक सय थान डण्डी र ३० थान ह्वील लक हस्तान्तरण गरेकाे छ ।
बढ्दो दुर्घटना घटाउन धोबीघाट, एकान्तकुना, जावलाखेल, कुसुन्तीलगायतका क्षेत्रमा आजैदेखि ती सामग्री व्यवस्थितरुपमा राखिने महर्जनले बताएका छन् । उनले भने, “यस्ता घटना न्यूनीकरण गर्ने जिम्मा महानगरपालिकाको रहेको हुँदा विद्यालय तहका बालबालिकालाई ट्राफिक नियमबारे अध्ययन तथा अध्यापनसमेत गराउने भएका छाैँ, आगामी माघ महिनाभित्रमा ललितपुरको मुटु मानिने लगनखेल बजार क्षेत्र सुधार गर्ने भएका छाैँ ।”
यसैगरी महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि गराउन छरिएर रहेका तारलाई मुठा पार्ने, २४सै घण्टा ट्राफिक जाम नियन्त्रण गर्न नगर प्रहरीलाई बस्ने ठाउँको व्यवस्थापन गरिदिने र महानगरपालिकाको चक्रपथ क्षेत्रमा पर्ने ७।९ किलोमिटर सडकमा हुने दुर्घटना हटाउन सडक बत्तीलगायतका आवश्यक वस्तुको व्यवस्थापनसमेत गर्ने महर्जनले जानकारी गराएका छन् ।
उपरीक्षक भट्टराईले भीडभाड बढी हुने स्थानमा महानगरपालिकाका नगर प्रहरीलाई तदारुकताका साथ गर्न आग्रह गरे । उनले भने,“सानेपा क्षेत्रमा हुने दुर्घटना हटाउन आफूहरुले सडक बत्ती जडानको काम गरिरहेका छाैँ भने बी एण्ड बी आसपासका क्षेत्रमा सडक बत्ती जडान गर्न समन्वय भइरहेको छ ।” महानगरपालिकाले आफूहरुलाई गरेको सहयोगको मूल्याङ्कन गर्दै त्यसले प्रतिफल दिने गरी काम गरिने प्रतिबद्धता उनले व्यक्त गरेको छ ।
सामान खरिदमा महानगरपालिकाले करिब रु पाँच लाख खर्चिएको जिन्सी शाखाले जनाएको छ । महानगरपालिकाले हिजोदेखि आफ्ना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउने उद्देश्यका साथ १५ दिने तालीम शुरु गरेको छ । सो तालीममा एक साता ‘इनडोर’ र अर्को एक साता ‘आउटडोर’ बारेमा जानकारी प्रदान गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार